बर्दिवास।काठमाण्डौवाट उदयपुर जाँदै गरेको बा ३ ख ९७८८ नम्बरको हायस अहिले भर्खरै दुर्घटना भएको छ ।
महोत्तरी बर्दिबास स्थित पाटु भन्ने ठाउँमाअनियन्त्रित भइ दुर्घटना हुदा ५ जना यात्रुहरु घाइते भएका छन ।
घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानिय प्रत्यक्षदर्शीले बताए । घाइते सवै जनालाई स्थानियहरुले उद्दार गरि उपचारका लागी जनसेवा अस्पताल पुर्याएका छन ।
ब्रेक फेल भइ अनियन्त्रित हुदा उक्त हायस मुल सडकवाट तल खेतमा खसेको चालक अमर माझीले दावी गरे ।
चालक माझीलाइ भने थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यलय बर्दिबासले नियन्त्रण लिएको छ । घाइते कसैको अहिलेसम्म सनाखत भैइनसकेको इलाका प्रहरि कार्यलय बर्दिबासले जनाएको छ ।




