महोत्तरी।महाेत्तरीकाे हुलाकि मार्गमा पर्ने सम्सी-गाैशाला र माईस्थान सडक खण्डकाे निर्माण कार्य तीन वर्ष देखि अलपत्र छ।
राजमार्ग देखि गाैशाला चाैक हुँदै सम्सी नाका सम्म सडक बनाउने ठेका लागेकाे भए पनि आज सम्म करिव १ किलाे मिटर सडक पुरा बन्न सकेकाे छैन र जहाँ सम्म सडक कालाे पत्र भएकाे थियाे त्याे बीचमा पर्ने औरही नगरपालिकाकाे वैरिया गाउँ- गाैशाला र सम्सीकाे बीचकाे सक खण्डमा विगत एक वर्ष दिन देखि दुई फिट गहिराे खाल्डाखुल्डी रहेकाे छ।जसकारण वस,ट्रक,माेटरसाईकल तथा पैदल यात्रुहरुलाई समेत आउन जान सास्ति वेहाेर्नु परेकाे छ ।
देशमा तीन तहकाे सरकार छ ।यस जिल्ला तथा क्षेत्र बाट पटक पटक मन्त्री बने पनि ध्यान नदिएकाेमा स्थानीयहरुकाे गुनासाे छ।




