जनकपुरधाम- वैश्य कल्याण महासंघ र वैश्य युवा संघ प्रदेश नं २ ले संयुक्त रुपमा संचारक्षेत्रमा योगदान दिदै आएका वैश्य समुदायका पत्रकारहरुलाई सम्मान गरेको छ ।
संस्थाले मंगलवार छठ पर्वको उपलक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम तथा सम्मान कार्यक्रमको आयोजना गर्दै संचारकर्मीहरुलाई सम्मान गरेको हो ।




संचारकर्मीहरुलाई प्रदेश नं २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले संचार क्षेत्रमा निरन्तर कलम चलाउदै आएका वैश्यसंग आवद्ध पत्रकारहरुलाई सम्मान गरिनु राम्रो रहेकोले प्रोत्साहन प्रदान गर्ने कार्यक्रमलाई बढावा दिनुपर्ने वताए । उनले समुदायको एकताका लागि मनमुटाव जस्तो क्रियाक्लापलाई त्याग गरि अगाडी वढनुपर्ने आवश्यकता रहेको वताउदै त्याग नगरे समुदायको दरिलो उपस्थिती रहेपनि अगाडी वढन नसकिने वताए ।
कार्यक्रममा प्रदेश २ का सांसद परमेश्वर साहले जनकपुरधाममा वैश्य समुदायको वर्चस्व रहेपनि आफै आफैमा एकता नहुनुले वैश्य समुदायहरु अगाडी वढन नसकेको वताए । वैश्य समुदायलाई राजनीति पहुच वढाउनु अपरिहार्य रहेको वताउदै चाहे जुनसुकै पार्टीको किन नहोस तर आफनो समुदायलाई मान्यता दिए मात्र राज्यमा आफनो प्रतिनिधित्वलाई मजवुतीका साथ अगाडी बढाउन सकिने वताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले अरुलाई जातीवादको आरोप लगाउनेहरु भित्रीरुपमा जातीवादी खुलेर गर्दै आएपनि खुलेर नगर्न सक्नुनै कमजोरी रहेको वताए ।
वैश्य समुदायमा खुट्टा तान्ने प्रवृति जडै देखि गाडीएकोले यस्ता प्रवृतिलाई समाप्त नगरेसम्म कुनै पनि हालतमा जति चिच्याएपनि अगाडी बढने नसक्ने वताए ।
वैश्य कल्याण महासंघको अध्यक्षता र वैश्य युवा संघ प्रदेश २ का अध्यक्ष राजु साहको अगुवाईमा आयोजना गरिएको कार्यक्रममा वैश्य समुदायसंग जुडेका विशिष्ट व्यक्तित्वहरुको उपस्थितीरहेको थियो ।




