धनुषा। धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले श्रीमतीको ज्या न लिइएको घटना सार्वजनिक भएको छ ।
छोरा जन्ममाउन नसकेको भन्दै सबैला नगरपालिका ३ बस्ने ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँ’टीमा द’वा’व दिएर ज्या न लिएको मृतकका माइती पक्षको आरोप छ ।
१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका वहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिदै आएको खातुनका बुबा मोहम्मद आलमले बताउनुभयो ।
कार्तिक ८ गते राती म’दि’रा पि’ए’र साफीले घरमा सुतिरहेका छोरीको घाँ’टीमा दवाव दिएर ज्या न लिएको उहाँको आरोप छ । मृतकको शरिरभरि संकेत देखिएको र घाँ’टी’मा समेत नी’लको संकेत देखिएको उहाँको भनाइ छ ।
किटानी जाहेरी दिएपनि प्रहरीले आरोपीलाई कारबाही गर्न तदारुकता नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाउनुभयो । यता, ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताउनुभयो ।
घटनामा संलग्न अन्य आरोपीको खोजबिन गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘चाडपर्वको कारण घटनाको अनुसन्धान केहि प्रभावित हुन पुगेको छ । अब अनुसन्धान अगाडि बढ्छ ।’