
भैरहवा - गौतम बुद्ध को जन्मस्थल लुम्बिनी मा कार्तिक १४ गते विहान ६ वजे देखि ११ वजे सम्म सर्वसाधारण लाई प्रवेश निषेध गरिएको छ।
लुम्बिनी विकास कोष का ब.प्रशासकिय अधिकृत चुडामणि भट्टराई ले सोमवार प्रेश विज्ञप्ती जारी गरि जानकारी गराएका हुन् ।
संयुक्त राष्ट संघ का महामहिम महासचिव एन्टोनियो गुटेरेस भगवान गौतम बुद्ध को पवित्र जन्मस्थल लुम्बिनी भ्रमण मा आउनु हुने भएको हुनाले भ्रमण का क्रम मा सुरक्षा व्यवस्थापन को लागि कार्तिक १४ गते विहान ६ वजे देखि ११ वजे सम्म लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत गेट नं ४,५ र मुण्डन गेट वन्द रहने र यसवाट सर्वसाधारण तिर्थालुहरु मा पर्न जाने असुविधा प्रति क्षमा माग्दै लुम्बिनी विकास कोष द्वारा जारी प्रेस विज्ञप्ती मा जानकारी गराईएको छ।
