
रणधीर चौधरी, मधेश प्रदेश
वैशाख ५ मा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दहालको ध्यानाकर्षण गराउँदै नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय भारत भ्रमणको बेला उठाइनुपर्ने भनी आवाज उठाउनु भयो ।
विद्यमान रहेको पुरानो संरचना पुनर्निर्माण हुन नपाएको कारण मात्र हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको भनी चिन्ता गर्नुभयो । नेपाली काँगे्रसबाट संसदको टिकेट प्राप्तगरि नवलपरासी क्षेत्र नम्बर १ मा निर्वाचन लड्न पुग्दा उहाँले एउटा अन्तर्वातामा भन्नु भएको रहेछ, ‘३०औं वर्षसम्म यो ठाउँका जनताले एउटै व्यक्तिलाई जिताएर पठाए । तर, चुनाव जितेका ती नेताले यहाँको विकासमा सिन्कोसम्म भाँचेको रहेनछन् । कहिल्यै केही नगर्ने तर पटक पटक अरु कुनै न कुनै छद्म भेषमा आएर जनतालाई ठगिरहने काममा पूणर्बिराम लाग्न जरुरी छ ।’

नवलपरासी १ का मतदाताले चौधरीको आत्मविश्वास लाई वास्तविकतामा परिणत गर्दै उहाँलाई संघीय सांसदको रुपमा निर्वाचित गरिदिए । त्यसैगरि निर्वाचनता नै चौधरीले आफ्नो परिचय दिने क्रममा भन्ने गर्नु हुन्थ्यो, ‘अब म उद्योगी कम राजनीतिज्ञ बढी हूँ भन्न रुचाउँछु ।’
समानुपाकि कोटाबाट पहिला नै दुईपटक सांसद बनिसक्नुभएका चौधरी नेपाली काँगे्रसको सँगठनमा आबद्ध भई वडा स्तरबाट काँगे्रस महाधिवेशनमा चुनाबी प्रतिस्पर्धामा उत्तिणर् हुँदै केन्द्रिय सदस्यमा विजय हुनुभयो । तेस्रो पटक सांसदमा पुग्नुभएका चौधरीको निर्वाचन क्षेत्रमा देश विदेशको चासो रहेको छ । उद्योग व्यवसायमा अब्बल साबित भइसक्नु भएका चौधरीको निर्वाचन क्षेत्रमा सर्बाङ्गीन विकासमा कस्तो परिवर्त आयो, नेपालले सन् २०३० सम्म पुरा गर्नुपर्ने दोगो विकास लक्ष्यका सूचकहरुलाई ध्यानमा राख्दै मुल्यांकनका कथाहरु लेख्न धेरै अनुशन्धानकर्ताहरुको ध्यानाकृष्ट भएको देखिन्छ । र यो आफैमा एउटा सुखद पक्ष पनि हो । नवलपरासी क्षेत्र नम्बर १ मा जम्मा चारवटा पालिकाहरु रहेको छ । बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका जसभित्र जम्मा ३४ वटा वडाहरु पर्दछन् ।

एउटा सांसदले आफ्नो निर्वाचन क्षेत्र विकास गर्न चाहिने सबैभन्दा बलियो पूँजी भनेको ‘दृढ इच्छाशक्ति र भिजनसहितको रिसोर्स म्यानेजमेन्ट’ हो जस्तो लाग्छ । निर्वाचनको बेला चौधरीले आफ्ना क्षेत्रका जनतालाई ३१ वटा प्रतिबद्धता जनाउनु भएको थियो । जसमध्ये दुई दर्जन कार्यान्वयणमा गइसकेको अवस्था सार्वजनिक बुझाईमा आइसकेको छ । चौधरीले आफ्नो क्षेत्रको जनताको माग अनुसार बर्दघाट नागरपालिकामा विशेष सेवा अस्पताल निर्माण गर्नको लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग बजेट माग गर्दा कतिले त्यसको बिरोध गर्न भ्याए । र तर्क सुन्दा उदेक लाग्दो ।
नेपाल कै धनाड्य सांसदलाई किन बजेट चाहियो ? ज्ञातव्य छ, चौधरी घरानासँग जोडिएको चौधरी फाउण्डेशन मार्फत शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा बिभिन्न लगानी गर्दै आएको छ । २०७२ सालमा गएको भूकम्पले ध्वस्त बनाएका बस्तीहरुमध्ये सिन्धुपालचोकको नाम्डोललिङ बस्ती पुनर्निर्माण चौधरी फाउण्डेशनले गर्यो । यहाँ फाउण्डेशनले वा उहाँ आबद्ध ‘फिलन्थ्रोपिस्ट’ कार्यहरुको फेहरिस्त राख्ने उदेस्य छै्न् । यो विषय उठान गर्नुको रोचकता के मात्र छ भने, के नवलपरासी-१ का जनताले राज्यलाई बुझाउँदै आएको करको क्षतिपूर्ती पाउने अधिकार छैन् त ? या त्यसक्षेत्रका जनताले गैरसरकारी माध्यमबाट किस्ताबन्दीमा समृद्धीका सपनाहरु कुर्ने हो ?

सांसद चौधरीले नवलपरासीको समग्र विकासका लागि १५ वटा गौरवका आयोजनाहरु प्रस्ताव गरिसक्नु भएको छ । नवलपरासी क्षेत्र नम्बर-१ म बुद्ध सर्किट निर्माण गर्ने, सीमावर्ती पर्यटन प्रबद्र्धन गर्ने, मत्स्यपालन क्षेत्रको रुपमा विकास गर्ने, गण्डक नहर सर्फा अभियान संचालन गर्ने, उच्च शिक्षा केन्द्रको रुपमा विकास गर्ने योजनाहरु स्वरुप लिने क्रम जारीछ । श्रृजनशीलताका साथ व्यवसायिक सोँच बोकेका पूँजी अभावमा रुमल्लिएर बसेका युवाहरुलाई ‘स्टार्टप फण्ड’सँग जोड्ने योजनाहरु व्याप्त बेरोजगारी बिरुद्धको व्यवहारिक प्रयाश रहेको छ । वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई स्थानीय तहमा रोजगार-स्वरोजगारका अवसर सिर्जना गराउने सांसद चौधरीको प्रयाश अनुकरणीय हेने नै छ ।
नवलपरासी बाट चौधरी निर्वाचित भएपश्चात नेपालको खस्कीदै गरेको अर्थतन्त्र र त्यसलाई टाट पल्टीनबाट रोक्नको लागि आउने सरकारमा चौधरीलाई त्यसको बागडोर दिने ब्यापक चर्चा थियो ।
गत वर्ष सम्पन्न निर्वाचन पश्चात नेपाली काँगे्रस पहिलो नम्बरको पार्टी बन्न सफल भयो । माओवादी लगायत अन्य साना दलसँग गठबंधनमा लडेको नेपाली काँगे्रसले माओवादीसँग मिलेर सरकारको नेतृत्व लिनेछ भनी आम अनुमान थियो । तर नेपाली काँग्रेसभित्रको आन्तरिक व्यवस्थापकिय मुद्दाहरुका कारण पुष्पकमल दहालको प्रधानमन्त्री बन्ने ब्यग्रताको बाँध टुट्दा काँगे्रसले सरकारको नेतृत्व गर्न सकेन । माओवादी, एमाले, राप्रपा, रास्वपा जस्ता दलहरुको सरकार बन्यो । तर एक महिना बित्नै लाग्दा माओवादी फेरी काँगे्रस सँगै फक्रिए । पछिल्लो समय सरकार विस्तारको क्रममा नेपाली काँगे्रसबाट अर्थ र पराष्ट्र जस्ता मन्त्रालय कसले सम्हालने भनी विषयले चर्चा पायो । नाजुक अवस्थामा रहेको नेपाली अर्थतन्त्रलाई यस क्षेत्रको शास्त्रीय अध्यन गरेका व्यक्तिभन्दा पनि विश्व बजारबारे खुला चेत भएका नेतालाई अर्थको जिम्मेवारी दिने सम्भावना उच्च सुनिएको थियो । अंग्रेजीको एउटा भनाई छ, ‘नथिङ सक्सिड्स लाइक सक्सेस’को मर्मानुरुप काँगे्रसले देशको अर्थतन्त्र सुधार्न सफल व्यक्तित्वलाई जिम्मेवारी दिनुपर्ने आकलनहरु सर्वथा गलत साबित भयो ।
नेपाली काँग्रेसले अर्थमन्त्री त पायो तर बजेट ल्याउने तयारी अन्तिम चरणमा प्रवेश गरेको हुनुपर्ने अवस्थामा अहिले अर्थमा कसलाई सचिब बनाउने भनी ‘खेला’ जारी छ । नयाँ सरकारको सबैभन्दा महत्व दिएर गर्नुपर्ने काम भनेको आर्थिक संरचना मै सुधार ल्याउनुपर्ने हो । नेपाली काँगे्रसले वर्तमान सरकारमा आफ्नो नेतृत्व हाँसिल गर्न असफल भएपनि पाएको अर्थमन्त्रालयको जिम्मेवारीमा चुक्यो भन्ने यसले भावी पुस्ताले प्रश्न गर्ने नै छन् ।
अन्त्यमा, सांसद विनोद चौधरीको निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका कार्यहरु प्रति देखिएको आम चासोले देशको अन्य निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्ने सांसदहरुलाई समेत आफ्नो क्षेत्र विकास गर्न प्रेरित गरोस । एउटा आयाममा सफलताको शिखर चुम्ने चौधरीको अनुभवको फाइदा देशले प्राप्त गर्ने समय कहिले आउने हो त्यसबारे समेत नेपाली काँगे्रस गम्भीर हुनु आवश्यक छ ।