
ढल्केवर- मिथिला नगरपालिका २ नक्टाझिजस्थित हजराचाैकमा जनता मा वि को लागि जडान गरिएको टान्सफर्मर गए राति चोरी भएको छ । ढल्केवर जनकपुर सडक खण्डको छेउमै रहेको साे टान्सफर्मर चाेरी भएकाे छ ।
चाेरले ११ हजार भाेल्टकाे टान्सफर्मरमा जडान भएकाे तार काटेर तल झारेर क्वाइल चाेरी गरेकाे स्थानीयले बताएका छन् । हजराचाैकमा पटक पटक विधुतीय टान्सफर्मर चाेरीकाे घटना हुँदै आएकाे छ ।
यसअघि स्कुल छेउमै रहेकाे सिचाइ डिप बाेडिंग, खानेपानी छेउमा रहेकाे सिचाइ बाेडिंग र नक्टाझिज खानेपानीकाे टान्सफर्मर गरि चार पटक साेही चाैक वरिपरि चाेरी भई सकेकाे छ । पछिल्लो पटक फेरी पनि खानेपानीको टान्सफर्मर चाेरीकाे प्रयास भएकाे थियाे ।
टान्सफर्मर चाेरीकने घटना बढेपनि स्थानीय प्रहरी प्रशासन चाेर समात्न कुनै चासाे नलिएकाे स्थानीयहरुकाे गुनासाे छ । विधुत सम्बन्धि जानकार कुनै पेशेवर चाेर चाेरी घटनामा संलग्न भएकाे हुन सक्ने स्थानीयहरुकाे दावी छ ।
यस्तै खेत सिचाइका लागि ईनारमा जडान गरिएकाे समरसेवल माेटर समेत चाेरी हुँदै आएकाे छ ।