जनकपुरधाम। धनुषामा आज विहानै एक युवकको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ मा एक युवकको शव फेला परेको हो ।
फेला परेको शव लक्ष्मीनियाँ गाँउपालिकाको सपही निकाल बस्ने १८ वर्षिय राजु यादवको रहेको प्रहरीले जनाएको छ।
मृतक यादव टिपरमा कामदारको रुपमा कार्यरत रहेका थिए ।
टिपर धनी तथा चालकले यादवलाई करेन्ट लागेर मृत्यु भएको बताएका छन् । तर मृतकका भाई झगरु यादवले भाईलाई टिपरले किचेर हत्या गरेको दावि गरिरहेको छ।
घटनाबारे अनुसन्धान भई रहेको र शवलाई पोस्टर्माटमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।धनुषा प्रहरीले घटनामा शंकाष्पद भन्दै ना १८ ख १२७५ नम्वरको टिपर चालक नागेन्द्र यादवलाई पक्राउ गरिसकेको छ भने अर्को टिपर चालक दिलिप यादव सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले घटना स्थलको प्रकृति मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घटना बारे अनुसन्धान सुरु गरिएको बताए ।