
मंजित कुमार राम,महोत्तरी-महोत्तरीको सोनमा गाउँपालिकामा दुई दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । खाद्य तथा पोषण सुधार आयोजना कलष्टर इकाई धनुषाले उक्त शिविर सञ्चालन गरेको हो ।
शिविरको पहिलो दिन शनिवार सोनमा गाउँपालिका –७ सुन्दरपुरमा ७ सय ३९बाख्रा, ६० वटा गाई, १ सय ५८ भैंसी र ४ वटा कुकुरको स्वास्थ्य परिक्षण गरिएको थियो भने दोस्रो दिन आईतवार सोनमा गाउँपालिका वडा नं ४ खेसराहामा १ हजार १४४ बाख्रा, ७९ वटा गाई, २३९ भैंसी र ७ वटा कुकुरलाई स्वास्थ्य परिक्षण गएको कलष्टर इकाई धनुषाका कार्यलय प्रमुख युगल किशोर तिवारीले जानकारी दिए ।
दुई दिने निः शुल्क पशु स्वास्थ्य शिविरमा वडा नं ७ सुन्दरपुरका ३०९ जना किसान र वडा नं ४ खेसराहाका ५०६ किसानले शिविरमा लाभ लिएको उनले बताए । दुईदिने शिविरमा जम्मा बाख्रा १ हजार ८८३, गाई १३९, भैंसी ३९७ र ११ वटा कुकुरलाई स्वास्थ्य परीक्षण गरिएको पशु विषेशज्ञ मुकेश पंजियारले बताए ।