बर्दिबास - महोत्तरी बहिरा संघको छैठौ वार्षिक साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
अधिवेशनबाट महोत्तरी बहिरा संघको पूर्व अध्यक्ष सुधा गौतमलाई पुन: अध्यक्ष पदमा सर्व सहमत रुपमा चयन गरिएकाे छ । त्यसैगरी अधिवेशनले ७ सदस्यीय समितिको उपाध्यक्षमा उपेन्द्र महतो, सचिवमा सुमन गौतम, कोषाध्यक्षमा दिलिप कुमार साह तथा सदस्यहरुमा क्रमशः बिभा कुमारी महतो, मंगल सिंह कामी र हिरा हमाललाई चयन गरेकाे छ ।
राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रिय सदस्य रोशन झाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।