महोत्तरी- इन्सेक महोत्तरी र मानव अधिकार समूह गौशलाको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धि अभियानका लागि गोष्ठी कात्तिक २९ गते सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तरगत गौशला नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा छलफल भएको हो ।
कार्यक्रमा इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले कार्यक्रमको उद्देश्य र सवाल सम्वन्धि जानकारी गराएपछि विविध विषयमा छलफल गरिएको थियो ।
गोष्ठीमा मानव अधिकार समूहका अध्यक्ष विन्देश्वर साहले नगरपालिका भित्रका सवै वडामा कात्तिक पहिलो हप्ताको आएको वर्षाले धान, कोदो, मकै नष्ट गरेकाले खाद्यान्न सङ्कट आएमा स्थानीय सरकारले समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।
इन्सेक महोत्तरी सहजकर्ता सीता केसी बस्नेतले संचालन गरेको उक्त कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, नगरपलिकाका प्रतिनिधि, शिक्षक, कृषक, पत्रकार लगायतको सहभागिता रहेको गोष्ठीमा अविरल वर्षाले नष्ट गरेको अन्नबाली, पहिरोले भत्केका घरको पुनर्निर्माण, स्वास्थ्य, क्षेत्रका समस्या लगायतको समाधानका लागि मानव अधिकार समूहले अभियान सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।




