जनकपुरधाम- एसियन लाइफ इन्स्योरेन्सको ४५ औ शाखाको रुपमा सर्लाहीको हरिवनको उपशाखालाई स्त्तरोन्नती गरिएको छ ।
प्रदेश-२ मा रहेका अभिकर्ताहरुको मागलाई ध्यानमा राख्दै हरिवनमा रहेको उपशाखालाई शाखाको रुपमा बिस्तार गरिएको हो ।
हरिवनमा शाखा बिस्तार गरेसंगै एसियन लाइफ इन्स्योरेन्सको ४५ औ शाखा पुगेको छ भने देशैभरी १०३ उपशाखा रहेका छन् ।
एसियन लाइफ इन्स्योरेन्स प्रदेश-२ का अध्यक्ष रामरुप सहनी, कलस्टर प्रमुख पुरुषोत्तम प्रसाद, विभिन्न ठाउँवाट आएका उपशाखा प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमले हरिवन शाखाको आजैवाट औपचारिक उदघाटन गरेको हो ।
शाखा प्रबन्धकको जिम्मेवारी पाएका सरोज केसीले शाखाको रुपमा स्थापना भएको हरिवनले प्रदेश-२ मा थप सक्रियताका साथ सर्वसाधारणको जिवन बिमामा केन्द्रित हुने बताए ।
सुख र समृद्धिका लागी हरेक सर्वसाधारणले जीवन बिमा गरेर भबिष्य सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
सर्लाही र वरपरका किसानहरुलाई बिमाका बिषयमा जनचेतना फैलाएर हरेक ग्रामिण बस्तीमा एसियन लाइफ इन्स्योरेन्सको उपशाखाका कार्यालयहरु क्रमस स्थापना गर्दै जानेमा पनि उनले दावी गरे ।
अहिले एसियन लाइफ इन्स्योरेन्सका देशैभरी झण्डै ५ लाख अभिकर्ता छन् भने प्रदेश-२ मा लगभग १० हजार अभिकर्ता रहेका छन् ।
हरिवनमा बिस्तार भएको शाखासंगै प्रदेश-२ मा एसियन लाइफ इन्स्योरेन्सका शाखा ७ पुगेका छन् ।