जनकपुरधाम - नेपाली काँग्रेसको प्रदेश २ को प्रथम प्रदेश अधिवेशनको आज हुने भनिएको नाम दर्ता कार्य स्थगित गरिएको छ । नेपाली काँग्रेसका धनुषा जिल्ला सचिव तथा निर्वाचन रजिष्ट्ेसन संयोजक विशेश्वर यादवले आज एक सुचना प्रकाशित गरि प्रतिनिधिहरुको नाम दर्ता (रजिष्ट्ेशन) कार्य स्थगित गरिएको जानकारी गराएको छ ।
उनले मतदाता नामावली केन्द्रिय कार्यालयबाट अहिले सम्म नआएको हुँदा नाम दर्ता स्थगित गरिएको जनाए । उनले आज ४ बजे सम्म मतदाता नामावली आउने र त्यस पछि अर्को सुचना प्रकाशित गरि नाम दर्ताको साथै अन्य तालिका सार्वजनिक गरिने जनाए ।