
सुनिता बराल
महोत्तरी- के खाने र बालबच्चालाई के खुवाउने भन्ने चिन्ताकै बिच दुखले छोराछोरीलाई बोर्डिङ स्कुल पढाएकी उर्मिला तामाङको दिन अब फेरिएको छ । विद्यालयबाट मोटो रकमको बिल आएपछि सय कडा ५ तिर्छु भन्दापनि ऋण नपत्याउने समाजलाई अहिले उनी बिना ब्याजनै सापटि माग्नेलाई काम सारिदिन्छिन् ।
छोराछोरी पढाउने र घर बनाउने सपना लिएर २०७० सालमा कुवेत पुगेकि उर्मिला देखेका सपना पछ्याउदै मेहेनत गरे सफल भईन्छ भन्ने उदाहरण बनेकी छिन् ।
आमाको मृत्युपछि सानै उमेरमा विवाह गरेकी उर्मिलाले श्रीमान मिलन लामाको साथ भनेजस्तो नभएको दुखेसो सुनाईन् । विवाह पछि २ छोरी र १ छोराको लालनपालन र रेखदेखमा श्रीमानको साथ नरहेपछि ज्यालामजदुरी गरेरै एकल महिलालेझै छोराछोरी हुर्काएको उनले सुनाईन् । ‘छोराछोरीलाई राम्रो पढाउने चाहानाले बोर्डिङमा पढाए’ उनले भनिन, ‘तर बिल तिर्न नसक्दा कसैले दुईपैसा पत्याएनन् अनि विदेश बसेर पढाए’ ।
घरको कमजोर आयस्थिती र श्रीमानले नकमाएका कारण खाएर तिर्दिन भन्ने धारणा बनाएर दुखमा कसैले साथ नदिएको उलने बताईन् । माईतिमा बालबच्चा जिम्मा लगाएर विदेशिएको ७ वर्षमा उर्मिलाका ३ छोराछोरीले स्नातकसम्मको पढाई पुरा गरेका छन् ।
‘मैले कामएको सम्पती भनेकै बालबच्चाले पढ्न पाए’ उनले भनिन, ‘आफ्नो घर थिएन,घर बनाएर पनि केहि बचाएको रकमले सापटि माग्नेलाई विनाब्याज सहयोग गर्न पाएको छु धेरै खुशी छु’ ।
महिलाले पनि विदेश गएर प्रगति गर्नेरछन्, तिमि त हिम्मतीली भनेर त्यहि समाजले भनेको सुन्दा अहिले आफु“लाई पत्याउनै गा≈ो हुने उनले बताईन् । ‘जसले हिजो मान्छे मान्दैनथे, उनीहरुले पनि अहिले सरसल्लाह गर्छन्ँ’ उनले भनिन, ‘यसो काम चलाईदेउन भन्दै सापटि माग्न आउ“छन् विना व्याज काम सार्दिन्छु’ ।
क्लिनरमा करार सम्झौता गरेर गएकी उर्मिलाले भनेकै पारिश्रमिक र सुखकै काम पाएको सुनाईन् । महिनाको ४० हजारसम्म कमाएको बताउ“दै लक्ष्मिले आफु“ले ३५/४० लाख कमाएको बताईन् । बैदेशिक रोजगारिबाट फर्किएपछि बनाएको ४ कोठे चिटिक्कको घरमा उर्मिला अहिले कान्छि छोरी शशिकला साथमा लिएर बसेकी छिन् ।
वैदेशिक रोजगारीबाट फर्किएपछि सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तरगत वित्तिय साक्षरता लिएर उर्मिला व्यवसायीक तरकारी खेतिमा लागेकी छिन् । घरछेउको ३ कामा अहिले घिरौला,बोडि, क्याप्सिकम,खुर्सानी,तितेकरेला लगायतका तरकारी उत्पादन गरिरहेको उनले सुनाईन् । विदेशबाट आएको पैसालाई प्रतिफल दिनेगरि सहि ठाउ“मा लगानि गर्नुपर्छ भन्ने सिकेकाले खेती सुरु गरेको उनले बताईन् । जेठि छोरी चन्द्रकला दुवै गएर कमाउन थालिसकेको र छोरा रोशनलाई पनि वैदेशिक रोजगारिमै पठाउने तयारीमा रहेको उर्मिलाले सुनाईन् । महिलालाई विदेशमा गा≈ो हुन्छ, राम्रो हुदैन भन्ने कुरा सत्य नभएको र अठोट लिएर गएको मान्छे सफल भएरै फर्किने उनले बताईन् ।
६ वर्षअघि साउदि अरब पुगेकी बर्दिवास १० खयरमाराकी मार्सङमाया बम्जन पनि वैदेशिक रोजगारीबाट फर्किएपछि समाजले सम्मान दिएको बताउ“छिन् । ‘सायद पैसानै ठुलो रहेछ’ उनले भनिन, ‘यो त कमाएर आएकी भनेजसरी समाजले न्यानोपन दिएको महशुस मलाइ भयो’ । वैदेशिक रोजगारीमै रहेका श्रीमान सार्किमान गोले बिरामी भएर घर फर्किएपछि उनको मृत्यु भएको र ऋण तिर्न नसक्दा साउदि पुग्नु आफ्नो बाध्यता भएको बम्जनले सुनाईन् ।
बैदेशिक रोजगारीमै गएर भएको ऋण आफु“ले चुक्ता गरेको,छोरी सलिना र सिम्रनको पढाई खर्च धान्दै घर व्यवहार चलाएको उनले सुनाईन् । ‘दुखमा कोहि नहुनेको पनि सुखमा म छु भन्नेचाहि हुनेरहेछन’ उनले भनिन, ‘शरिरनै नचल्ने भएर थलिएका श्रीमानको उपचारमा कसैले सहयोग गरेनन,म कमाएर फर्किएपछि कहिले नखोज्ने श्रीमानको परिवारले पनि खोजीरहेको छ’ ।
वैदेशिक रोजगारीकै शिलसिलामा आफ्नो किशोराअवस्था पार गरेकी लक्ष्मिमाया तामाङ १५ वर्ष कुवेत बसिन् । परिवारको जिम्मेवारी पुरा गर्दागर्दै ४० वर्ष उमेर बितेको पत्तै नभएको उनले बताईन् । कुवेतमै भेट भएपछि ४१ वर्षको उमेरमा बर्दिवास १० का श्याम वाईवासंग विवाह गरेर नेपाल फर्किएका दम्पतिले अब नेपालमै केहि गर्ने सोच बनाएको लक्ष्मिले सुनाईन् ।
शंखुवासभा माईती भएकी लक्ष्मिले विदेश बसेर बुबाआमा सहित ५ जनाको परिवार पाल्दै आएको र पुर्व सुनसरीमा दुई ठाउ“मा जग्गाजमिन पनि जोडेको उनले सुनाईन् । माईतिमा परिवारको जिम्मेवारी पुरा गर्दा लक्ष्मिलाई छोराकै दर्जामा सबैले सम्मान गरेका लक्ष्मिले सुनाईन् । ‘‘एकादुईले सुरुसुरुमा नराम्रोनै माने’ उनले भनिन, ‘तर विस्तारै समाज बद्लिएर राम्रो नजरले हेर्न थालेको छ’ ।
बर्दिवास नगरपालिकाले अहिले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारीमा गएर फर्किएका र वैदेशिक रोजगारीमा पारिवारीक सदस्य भएको परिवारलाई वित्तिय साक्षरता कक्षा संचालन गरिरहेको र मनोपरामर्शक दिईरहेको बताएको छ । प्रत्यक परिवारमै गएर विदेशबाट आएको पैसाको लगानि सहि र उचित ठाउ“मा लगानि गर्न वित्तिय साक्षरता कक्षा संचालन गरिरहेको वित्तिय साक्षरता सहजकर्ता कमला कार्किले बताईन् ।
वित्तिय साक्षरतापछि तरकारी खेति, कुखुरा पालन, बाख्रा पानल, लगायत अन्य क्षेत्रमा लगाउदा लगानि शुनिश्चित हुने भएपछि वैदेशिक रकमको सहि लगानि भइरहेको कार्किले बताईन् । पालिकाले गर्नसक्ने आवश्यक सहयोग गरेरै भएपनि कृषि र पशुपालन, व्यवसाय लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउने गरि सामीले काम गरिरहेको कार्किले बताईन् ।
वित्तिय साक्षरता कक्षा लिनेमा बर्दिवास नगरपालिकाबाट गत वर्ष १ सय १२ जना थिए भने यस आर्थिक वर्षमा १ सय ४ जना वैदेशिक रोजगारीमा गएका व्यक्ति र परिवारलाई साक्षरता कक्षा संचालन गरेको बर्दिवास नगरपालिकाले जनाएको छ ।