जनकपुरधाम- आज देखि विधिवत रुपमा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव पहिलो नगर दर्शन सम्पन्न भएको छ। विवाहपञ्चमीको पहिलो दिन शुक्रवार जानकी मन्दिरको प्राङ्गनमा जनकपुर नगरदर्शन गरिएको हो । यस विधिको लागि मन्दिरको प्राङ्गन श्रद्धालु भत्तजन तथा दर्शनार्थीहरुको भीडले भरिको थियो । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ । नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । विवाहपञ्चमी महोत्सवको लागि नेपालको विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरु आउन थालेका छन् । र आउने क्रम जारी रहेको छ । मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।