जनकपुरधाम। प्रदेश २ को राजधानी जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवको आज दोस्रो दिन धुमधाम साथ फूलबारी लीला मनाइएको छ ।
फूलबारी लीलामा फुलबारीमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमफिर गराइएको हो ।
रामायणको अनुसार त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आए पश्चात फूलबारीमा घुम्न जाँदा साथीसंगी संग फूल टिप्न आएकी सीतासंग पहिलो भेट भएको थियो । सोहि दिनको सम्झाना स्वरुप विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारीमा राम, लक्ष्मण र सीताको प्रतिकात्मक रुपधारण गरेका बालबालिकाहरुलाई फुलवारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने गरिन्छ ।यसलाई फुलबारी लिला भनिन्छ ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा यहाँ विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी विवाहपञ्चमी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाममा पहिलो दिन नगर दर्शन, आज दोश्रो दिन शनिबार फूलबारी लीला, १९ गते आइतबार धनुष यज्ञ, २० गते सोमबार तिलकोत्सव, २१ गते मंगलबार मटकोर, २२ गते बुधबार स्वयंवर तथा विवाह र २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरि यो महोत्सव सम्पन्न गरीन्छ ।
गत दुई वर्ष देखि कोरोना महामारी काराण प्रभावित बनेको यस महोत्सवको यस वर्ष धुमधाम साथ मनाउने तयारी रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले बताए ।