महोत्तरी - युवा नेतृ सबिता यादव जनता समाजवादी पार्टी (जसपा )नेपालमा प्रवेश गरेकी छिन् ।
जन्तान्त्रिक तराई मुक्ति मोर्चा पार्टी को केन्द्रिय सदस्य रहेकी नेतृ पछिल्लाे वर्षहरुमा समाज सेवा लागेकी थिइन् । उनि मुलधारको पार्टीबाट राजनीति क्षेत्रमा अघि बढ्न जसपामा प्रवेश गरेकी बताइन् ।
नेतृ यादव एउटा युवा अभियन्ता हुन् ।उनि विभिन्न समाजिक कार्यहरुमा उल्लेखनिय सहयोग गर्दै आईरहेकी छिन् ।
उनले लैंगिक हिंसा तथा महिला अधिकारको क्षेत्रमा संलग्न भई विभिन्न गरिब असहाय र विपन्न वर्गलाई सहयोग जुटाउने कार्यमा संलग्न भइ समाज सेवा गर्दै आएकी छिन् ।
समाज सेवा गर्दै गरिब असहाय र विपन्न वर्ग र आवाज विहिनको आवाजलाई बुलन्द गर्न अब सक्रिय राजनीतिमा लाग्ने उद्देश्य जसपामा प्रवेश गरेकी बताइन् ।




