जनकपुुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार दृढ भएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ ले आयोजना गरेको ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मंसिर २४ गते जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानवलाई दैनिक जीवन यापनका लागि पनि मानव अधिकारको प्रत्याभूति हुनु आवश्यक रहेको बताए ।
मुख्यमन्त्री राउतले मनुष्यलाई सामान्य जीवन यापनका लागि समेत मानव अधिकारको प्रत्याभूति हुनु आवश्यक रहेको उल्लेख गरे । मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मानव अधिकार बाट बंचित समाजका उत्पिडित वर्गहरुको लागी प्रदेश सरकार एक पछि अर्को कार्यक्रमहरु ल्याइ रहेको दावी समेत गरे ।
अशिक्षा र बेरोजगारीका कारण मानव अधिकारबाट बंचित महिला, दलित मुस्लिम लगायतका समुदायहरुको लागी प्रदेश सरकारले अग्रपक्तिमा रहेको काम गरि रहेको भए पनि अपांग र यौनिक अल्प संख्यकहरुको लागी चाहदा चाहदै पनि उल्लेखनीय काम गर्न नसकेको भन्दै दुख व्यक्त गरे ।
उनले मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको बताउँदै मानव अधिकारबाट वञ्चित समाजका उत्पीडित वर्गहरूको लागी प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रम ल्याएको बताए।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. मिहिर ठाकुरले मानव अधिकारको सवालमा राष्ट्रिय मानव अधिकारको रक्षाका लागि आयोगले ईमान्दारी पूर्वक संवैधानिक अधिकारको कर्तव्य निर्वाह गर्दै आएको बताए।
कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधीश हरि प्रसाद वाग्ले, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेश नंं २ का प्रहरी नायव महानिरीक्षक उमेश रंजितकार, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रदेश प्रमुख डा.नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपाङ्ग महासङ्घका जिल्ला अध्यक्ष किरण पासवानले मानव अधिकारका विभिन्न विषयहरूमा आफ्ना धारणा व्यक्त गरेका थिए ।