जनकपुरधाम- महोत्तरी सदरमुकाम जलेश्वरमा ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।
विधिको शासन कायम गरौंः मान अधिकारको सम्मान गरौ भन्ने मुल नाराका साथ महोत्तरी कार्यक्षेत्र भई मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संगठनले प्रभातफेरी निकाली दिवस मनाएको छ ।
जलेश्वरको बुद्धिजिवी चोक देखि जलेश्वरनाथ महादेव मन्दिरसम्म निकालिएको उक्त प्रभातफेरीमा ईिन्सेक, थर्ड एलायन्स, मानव अधिकार संरक्षण केन्द्र, ओरेक नेपाल, टिपिओ नेपाल, वाईएनपिडी, फ्रिडम फर अल नेपाल, प्रयास, समाज विकास केन्द्र, जिल्ला महिला संजाल, महिला मानव अधिकार रक्षक संजाल महोत्तरी र युथ एडभोकेसी नेपाल लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीले सहभागिता जनाएका थिए ।
प्रभातफेरी पश्चात भएको कोणसभामा बोल्दै मानव अधिकारवादीहरुले महोत्तरीमा मानव अधिकार हननका घटनाहरुका साथै बोक्सी आरोपमा प्रताडित गर्ने अभक्ष खुवाउने तथा महिला माथी विभिन्न प्रकारका हिंसाका घटनाहरु वढिरहेकोमा सरोकारवाला निकायहरु यसप्रति गम्भिर हुनु पर्ने बताए ।
त्यसैगरी साँझ जलेश्वर स्थित दुर्गाचोकमा दिप प्रज्वलन गर्ने समेत गरिएको छ।
त्यसैगरी मानव अधिकार दिवसको अवसरमा महोत्तरीको बर्दिबास चल्की विजलपुरा चौकमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकार निगरानी समुह बर्दिबास, श्री नेपाल राष्ट्रिय नारायणी मा.वि.चल्की बाल सचेतना समुह बर्दिबास द्धारा आयोजित प्रभातफेरि कार्यक्रममा विद्यालयका प्रअ ,शिक्षक शिक्षिकाहरु, विद्यार्थी, मानव अधिकार समुहका बर्दिबासका अध्यक्ष उर्मिला कार्की मानव अधिकार समुहका सदस्यहरु,बाल सचेतना समुहका अध्यक्ष रोशन महतो तथा सदस्यहरु इनसेक महोत्तरी सहजकर्ता सिता के.सी लगाउतको सहभागिता रहेको थियो । प्रभातफेरि बिद्यालयको प्राङ्घगणबाट शुरु गरि डाँडाटोल बजार क्षेत्र सम्म पुगी पुन विद्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै विद्यालयका प्र.अ. विनोद साहले यसरी दिवसका अवसरमा प्रभातफेरि जस्ता कायक्रम आयोजना गर्दा बालबालिकाहरुलाई दिवसको महतोबारे जानकारी हुने तथा स्थानीयहरुलाई पनि यसबारे अवगत हुने बताए। यस्तै मानव अधिकार निगरानी समुह बर्दिबासका अध्यक्ष उर्मिला कार्कीले मानब अधिकार बास्तविक अर्थ र दिवसको महतोबारे बोल्नु हुदै सबै मानव सबै समान रहेको बताए ।