जनकपुरधाम- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका दुई उम्मेदवार सर्वसम्मत भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध भएका हुन्। उनीहरु प्रदेश दुईबाट केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन्।
उक्त क्लस्टरमा तीन जनाको उम्मेदवारी परेकामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध भएका हुन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।