नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक vianet.com.np� ले ग्राहकका लागि वाईफाई–६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक रु. १३ हजार ८०० (करसहित) मा उपलब्ध गराएको छ।
कम्पनीका अनुसार उक्त प्याकेजमा सामान्यतया रु. २ हजार ८२५ पर्ने वाईफाई–६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले केवल रु. एक हजार धरौटी रकम बुझाए पुग्नेछ। छिटो, भरपर्दो तथा आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकलाई लक्षित गरी यो सेवा ल्याइएको कम्पनीले जनाएको छ।
यस प्याकेजसँगै ग्राहकले मासिक रु. २५० (करसहित) मा भायाटिभी सेवा पनि थप गर्न सक्नेछन्। भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष प्रसारण रोक्ने तथा पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र र सिरिजलगायतका मनोरञ्जन सामग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ।वार्षिक प्याकेज लिने ग्राहकले पहिलो सेट–टप–बक्सका लागि लाग्ने रु. २ हजार २६० सक्रिय शुल्कबाट पनि छुट पाउनेछन्। सेट–टप–बक्सका लागि रु. एक हजार धरौटी रकम मात्र लाग्ने व्यवस्था गरिएको छ।



ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले भायानेटले damiapp.com.np� सँग सहकार्य गरेको छ। यसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले रु. एक हजार ५०० बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्न सक्नेछन्। डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा खुद्रा पसललगायत विभिन्न सेवामा छुट प्राप्त गर्न सकिनेछ। यो सुविधा हाल काठमाडौँ, पोखरा र चितवनका ग्राहकका लागि लागू हुने जनाइएको छ।कम्पनीले यस सिजनको प्रचार सन्देश “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” राखेको छ। यसैबीच, भायाटिभी प्रयोगकर्ताले फुटबल विश्वकप–२०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन्।
विश्वकप–२०२६ को नेपाल प्रसारण अधिकार Himalaya Television सँग रहेको छ। कम्पनीका अनुसार ग्राहकले प्रति टिभी रु. ९९९ मा कुपन खरिद गरी हिमालय स्पोर्ट्स च्यानलमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।कुपन खरिदका लागि ग्राहकले esewa.com.np�, khalti.com�, phonepe.com.np� तथा connectips.com� जस्ता डिजिटल भुक्तानी माध्यम प्रयोग गर्न सक्नेछन्। साथै, भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्यूआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
भुक्तानी सम्पन्न भएपछि ग्राहकले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोलेर खरिद गरिएको कुपन सक्रिय गर्न सक्नेछन्। कम्पनीका अनुसार एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न मिल्नेछ र एकपटक सक्रिय गरिसकेपछि अर्को टिभीमा स्थानान्तरण गर्न सकिने छैन। ग्राहकले नजिकको भायानेट आउटलेटबाट समेत कुपन खरिद गर्न सक्नेछन्।





