महोतरी। महोतरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ कबिलशा स्थित लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका पार्टी कार्यालय उदघाटन भएका छन । महोतरीको औरही नगरपालिका वडा नं ४ कबिलासामा स्थानिय लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राम स्नेही यादवको निजि भवनमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको पार्टी कार्यालयको उदघाटन गरेका छन ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको पार्टी कार्यालयको समुदघाटन कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता एबम् महोतरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारीले मधेशी जनताहरुको हक अधिकारको लडाइ अझै बाँकी रहेको बताउनु भयो । मधेसीहरुसंग बैमानि भएको र त्यसकोलागि एक पटक फेरि मधेसी जनताहरुलाइ लडाइ लडन त्यार रहन बताउनु भयो ।
यहिलेपनि देशमा मदेसी समुदायसंग भेदभाव रहेको र त्यस्ता वर्गको सम्मानको लागी लोसपा नेपाल सधै प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा होस अथवा मधेशिहरुको हक अधिकारहरुकोलागि लोसपा नेपाल नै अगाडि रहेको नेता भण्डारीले बताउनु भयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल उत्पिडित वर्ग र मधेशिहरुको भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मधेशबाट पटक पटक जितेर सरकारमा गएको विभिन्न पार्टीहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै नेता भण्डारीले लोसपा नेपाल आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी लडदै गरेको र अझपनि अगामि दिनमा समेत लडने प्रतिबद्ध ता जाहिर गर्नु भयो ।
राम स्नेही यादवको नेतृत्वमा भएको कार्यक्रममा महोतरी निर्वाचन क्षेत्र नं २ क प्रदेश सभा सदस्य जैलुन राइन ,लोसपा जिल्ला अध्यक्ष रामबाबु साह,विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु,लोसपा नेपालका नेता शंकर यादव ,दरेश यादव लगायत दर्जनौ स्थानियहरुको उपस्थिति रहेको थियो ।