बर्दिबास । महोतरीको बर्दिबासमा अन्तराष्ट्रिय शान्ती दिवस मनाइएको छ । शनिबार साझ बर्दिबासमा वृहत ¥याली र दिप प्रज्वलन गरी अन्तराष्ट्रिय शान्ती दिवस मनाइएको हो ।
इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र द्वारा गठित न्यायका लागि नागरिक सञ्जालले बर्दिबास नगरपालिकामा ४२ औँ अन्तराष्ट्रिय शान्ती दिवसको अवसरमा वृहत ¥याली र दिप प्रज्वलन कार्यक्रम गरेको हो ।
बर्दिबास नगरपालिकाबाट निस्केको ¥याली सिन्धुली रोड हुँदै नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । कोण सभामा संविधान सभा सदस्य निशा साह, न्यायका लागि नागरिक सञ्जालका सदस्य तारा मगर, उर्मिलाकार्की, अमर धमला लगायतका वक्ताहरुले मन्तव्य राखे ।
कार्यक्रमको समापन न्यायका लागि नागरिक सञ्जालका संयोजक दिपा लामाले गरे । आरती बुढाथोकीले सहजीकरण गरेको कार्यक्रममा न्यायका लागि नागरिक सञ्जालका सदस्य, द्वन्द पिडित, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समागका अगुवाहरु सहभागि भएका थिए ।