धनुषा। प्रदेश सरकारले कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने निणर्य गरेको छ ।
प्रदेश २ सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान प्रदान गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गर्ने निणर्य गरेको छ ।
बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निणर्य गरेको हो ।अनुदान रकम विश्वविद्यालयका लागि प्रदान गर्ने निणर्य कार्यान्वयनका लागि विश्वविद्यालयको कार्यविधि, बोर्ड तथा पदाधिकारीहरूको नियुक्तिपछि मात्र हुने अवस्था रहेको अर्थमन्त्री समेत रहनुभएका प्रदेश २ सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निणर्य गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।
प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन। सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निणर्य गरेको छ भने विश्वविद्यालयका उपकुलपतिमा डा.वैद्यनाथ महतोलाई नियुक्त गरिसकेको छ।अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निणर्य भएको बताउनुभयो।उहाँले विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधार विकासको लागि पहिलो चरणमा उक्त अनुदान दिइएको जानकारी दिनुभयो।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयारी गरेको कार्यविधिलाई परिमार्जन सहित पारित गरेको छ। त्यस्तै बन्द रहेको छोरी बीमा अभियानलाई पुनः सञ्चालन गर्ने निणर्य समेत गरेको छ।त्यस्तै प्रदेश सरकारले प्रदेशका सम्पूणर् जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निणर्य समेत गरेको छ।




