काठमाडौँ- नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन्। सभापति शेरबहादुर देउवा प्यानलकी उनले डा. शेखर कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरिन्। विहीबार राति सम्पन्न मतगणनामा डिनाले २५३३ मत पाएकी छन्। यस्तै कमला पन्त २१०५ मत पाएकी छन्।




