महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका ५ गौशाला बजार स्थित अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
आईतवार सामी नेपाल परियोजनाद्वारा संचालित दलित समाज उत्थान समिति नेपाल महोत्तरी जलेश्वरको आयोजनामा गौशाला नगरपालिका ५ गौशाला बजार स्थित रहेको गणेश मन्दिरमा दिप प्रज्वलन गरि सम्पन्न उक्त कार्यक्रमको नेतृत्व आप्रवासी स्रोत केन्द्रका सुचना अधिकारि बिनित साहले गरेका थिए।



सचेत सुरक्षित र सिपमुलक रोजगार ,मर्यादित श्रम आप्रवासनको अधिकार भन्ने मुल नारा सहित कार्यक्रममा नाराबाजी सहित गौशाला बजारलाई परिक्रमा गरि गणेश मन्दिरमा आएर कोणसभामा परिणत भएको थियो ।
बिदेशमा समस्या वा दुख भोगिरहेका व्यक्तीहरुलाई सहयोग गर्ने वा नेपाल फर्काउन सहयोग गर्ने , बिदेशमा दुर्घटना भएमा वा मृत्यु क्षतिपूर्ति दिलाउन सहयोग गर्ने लगायतको उद्देश्य राखी यो संस्थाले आफ्नो भुमिका निर्वाह गर्दै आइ रहेको साहले जानकारी दिए ।
विदेशमा रहेको व्यक्तिहरुको स्वास्थ्य तथा दिर्घायुका कामना गर्न र कार्यमा सफल होस् भन्ने उद्देश्यको साथ दिप प्रज्वलन गरिएको हो ।




