जनकपुरधाम- प्रतिबन्धित लागु औषध कारोबारमा संलग्न दूई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिपौल जिल्ला भीमनगर ग्राम पंचायत वडा ४ वस्ने ३१ वर्षिय गोलु भन्ने रतन शर्मा र ३५ वर्षिय जय प्रकाश पासवान छन । उनीहरुको साथबाट प्रतिवन्धित २२ ग्राम खैरो हिरोइन ( ब्राउन सुगर) बरामद गरिएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सोमवार पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्द्यान पश्चात बुधवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बि आर ५० आर २४९६ नम्बरको भारतीय मोटरसाइकललाई कंचनरुप नगरपालिका २ स्थित पुर्व पश्चिम लोकमार्गमा चेक गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला परेको डिएसपी काफ्लेले् बताए ।
कालो प्लास्टीकमा बेरेर राखिएको ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखी लागु औषध नियन्त्रण एन अन्गर्तत कार्यवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भारत संग जोडिएका सिमाक्षेत्रबाट लुकिछिपी लागु औषधको ओसार पोसार भईरहेको सुचना आएपछि निगरानी बढाइएको र सोही क्रममा उनीहरु पक्राउ परेको प्रहरी उपरिक्षक अविनारायण काफ्लेको भनाई छ ।