धनुषा- नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को मतगणना जारी रहेको छ ।
काँग्रेस प्रदेश २ सभापति पदमा कृष्णप्रसाद यादव यस अघि नै निर्वाचित भईसक्नु भएको छ भने अन्य पदाधिकारीहरूकाे मतगणना जारी रहेको छ ।
पदाधिकारीहरूको पछिल्लो मत गणनाको परिणाम अनुसार संस्थापन पक्ष काे अग्रता कायम रहेको छ ।
संस्थापन पक्षका तर्फबाट प्रदेश उपसभापतिमा वीरेन्द्र प्रसाद सिंह ५ सय २१ मत सहित अग्र स्थानमा छन् भने सोही समूहका चन्देश्वर प्रसाद यादवले पनि ४ सय ४२ मत सहित पछ्याइरह्नु भएको छ।
यसैबीच संस्थापन इतरका उपसभापति पदका उम्मेदवार विनोद कुमार खनालले २ सय ७६ मत तथा धनलाल ठोकरले २ सय ४७ मत ल्याउनु भएको छ।
यसैगरी संस्थापन पक्षका प्रदेश महामन्त्री पदका उम्मेदवार उपेन्द्र कुमार यादवले ४ सय ८५ मत प्राप्त गर्नुभएकाे छ।
त्यसैगरी खुला सहमहामन्त्रीमा पनि संस्थापन पक्षका पर्शुराम चौधरीले अग्रता लिनुभएकाे छ।उहाँले ४ सय २९ मत पाउँदा जयनारायण यादवको भने ४ सय ६ मत प्राप्त गर्नुभएको छ।
यसै गरी महिला सह महामन्त्री तर्फ पनि संस्थापन पक्षकै अग्रता रहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयाे। सबै पदाधिकारीहरूको मत परिणाम रातीसम्ममा आउने अवस्था रहेको गाैतमले जनाउनुभयाे।