जनकपुरधाम - नेपाल कम्युनिष्ट पार्टीको एकताको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गर्न लागेको छ ।
आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले पुस १७ देखि १९ गतेसम्म राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने जानकारी दिएका छन् ।
नेकपाका संयोजक कट्टेलले बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमा सम्मेलनको उदघाटन भर्चुअल माध्यमबाट भई सकेको कट्टेलले बताए ।
गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेश स्तरीय ६ वटा समुह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथी छलफल समापन भई सकेको छ ।
पुस १७ गतेदेखि पुस १९ गते सम्म जनकपुरधाममा हुने राष्ट्रिय सम्मेलनमा यी प्रतिवेदनहरुलाई पारित गरी नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको संयोजक कट्टेलले बताए ।