महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा ४ रजखोरबाट ८ के.जी गाजा सहित चार जना लाई प्रहरीले पक्राउ गरेका छन। पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा ४ रजखोर वस्ने अन्दाजी वर्ष ७० को रामचन्द्र साह र निजकै छोरा अन्दाजी वर्ष ५० को उपेन्द्र साहको घरबाट ८ के.जी.लागुऔसधगाजाको कारोबार गर्ने गरेको भन्ने प्रहरीले गोपिया सूचनाका अधारमा प्रहरीले गाजा सहित उनीहरु लाई पक्राउ गरेको हो ।
मुखगाँजा विक्रि गर्ने गरेको भन्ने विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले मंगलवार साझ ६:३० बजे गौशाला नगरपालिका वडा नं. ४ रजखोर बस्ने रामचन्द्र साहको घरबाट बिक्रिको लागी पुरिया बनाई राखेको समेत,तैयारी गाजा ३ के.जी.,डिजिटल तराजु एक थान र गाजा बिक्रि गरेका नगद रु. ११०० फेला पारी बरामद गरी रामचन्द्र साह र निजको नाती वर्ष १८ को रोहित साहलाई पक्राउ गरिएका छन ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्यालले शिरीष न्युज सहकर्मी लाई बताए।त्यसैगरी महोत्तरीको गौशाला नगरपालिका वडा नं. ४ रजखोर बस्ने रामचन्द्र साहको छोरा उपेन्द्र साहको घरबाट बिक्रिको लागी पुरिया बनाई राखेको समेत तैयारी गाजा ५ के.जी., डिजिटल तराजु एक थान र गाजा बिक्रि गरेको नगद रु.६५०० फेला पारी बरामद गरी उपेन्द्र साह र छोरा वर्ष १९ को बिवेक साहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयल गौशालाका प्रहरी निरीक्षक वस्यालले जनाएको छन।
उनीहरुलाई पक्राउ गरी लागूऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी ल्याई थप अनुसन्धान शुरु गरिने उनले बताए ।