काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस देखि शुरू हुने भारत भ्रमणलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ।
आइतबार देउवा दिल्ली प्रस्थान गर्नेछन्।



त्यसपछि २६ पुस (सोमबार) गुजरात तर्फ जानेछन्। जहाँ उनले ‘भाइब्रेन्ट गुजरात समिटमा’ सहभागिता जनाउने कार्यक्रम छ।
यही सम्मेलनमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नेछन्।




