रौतहट- रौतहटबाट संचालित एक पत्रिकाको अनलाईन दर्ता गर्ने सम्बन्धमा कुरा गर्न जांदा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत रामकुमार तिमिल्सिनाले गरेको व्यवहार प्रति पत्रकारका पेशागत संघ संगठनले ध्यानाकर्षण भएको जनाउदै दोषीलाई कार्वाही गर्न माग गरेका छ्न ।
अनलाईन दर्ता सम्वन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको कार्यकक्षमा,निजको अगाडीनै अध्यक्ष झालाई अपमान जनक शब्दहरू प्रयोग गरी शाखा अध्यक्ष झाको गरिमा माथि खलल पुर्याउने कार्य, प्रशासकिय अधिकृत तिमिल्सिनाबाट हुदा पनि प्रमुख जिल्ला अधिकारी मुकदर्शक बनेर बस्नु गम्भीर खेदजनक कुरा रहेको ठहर गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।“करिव १४ महिना देखि रौतहटमा रहेका प्रशासकिय अधिकृत तिमल्सेनाका यस्तै रवैयाका कारण रौतहट वासी शास्ती झेल्दै आएका छन् ।
आर्थिक रूपमा लाभ नहुन्जेल सम्म कुनै सिफारिस समेतमा तोक नलागाउने प्रशासकिय अधिकृत तिमल्सेनालाई संरक्षण गरेके कारण जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यसम्पादन बाट समेत जिल्लाका सर्वसाधारण नागरिकहरु असन्तुष्ट बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ ।
यस घटनाका मुख्य दोषी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत तिमिल्सिनालाई निलम्बन गरि विभागिय कारवाही गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखा सम्बद्ध पक्ष संग जोडदार माग गरेकोछ भने निजलाई कारवाही नहुन्जेलसम्म जिल्ला प्रशासन कार्यालय रौतहटसंग सम्बन्धीत कुनै पनि सामाचार प्रकाशन प्रसारण नगर्न हुन सम्पुर्ण संचारकर्मीहरुलाई रौतहट शाखाले हार्दिक अनुरोध समेत गरेको छ ।






