महोत्तरी- प्रेस चौतारी नेपालको प्रथम महोत्तरी जिल्ला अधिवेशनले पत्रकार नविन प्रियदर्शीलाई अध्यक्षको जिम्मेवारी दिएको छ।
चौतारीको बर्दिबासमा बिहीबार सम्पन्न अधिवेशनले प्रियदर्शीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाल पत्रकार महासङ्घ प्रदेश-२ समितिका सदस्य रहनु भएका प्रियदर्शी जिल्लाको पिपरा—७ का स्थायी बासी हुनुहुन्छ ।
यसैगरी अधिवेशनले उपाध्यक्ष, सचिव र कोषाध्यक्षको जिम्मेवारी क्रमशः मुकुन्द पौडेल, नविन साह र ममता अर्याललाई दिएको छ । समितिको सदस्यमा देवेन्द्र महासेठ, विजयकुमार महतो र रामईश्वर ठाकुर छानिनु भएको नवनिर्वाचित सचिव साहले बताउनुभयो ।
सम्पन्न अधिवेशनले यही माघ २२ गते पोखरामा आयोजना हुने चौतारीको नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न सम्पूणर् सदस्यलाई अपिल गर्दै यस कार्यमा सहयोग पुर्याउन आम जनसमुदायसमक्ष अनुरोध गरेको छ ।
चौतारीका केन्द्रीय सदस्य गोपाल बरालले उद्घाटन गर्नु भएको अधिवेशन सत्र नवनिर्वाचित अध्यक्ष प्रियदर्शीकै अध्यक्षतामा सम्पन्न भएको हो ।




