धनुषा- धनुषामा एक मानसिक सन्तुलन गुमाएकी महिलालाई ब लात्का र गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
३६ वर्षीया महिलालाई ब लात्का र गरेको आरोपमा सबैला नगरपालिका–९ भठियन बस्ने ५५ वर्षीय मुनेश्वर राय अमात्यलाई इलाका प्रहरी कार्यालय सवैलाले पुस २३ गते गिरफतार गरेको छ ।
मानसिक सन्तुलन गुमाएकी महिला भठियन बजारको सडक छेउमा पराल बिछ्याइएर सुतिरहेको अवस्थामा ब लात्का र प्रयास गरेको स्थानियहरुको आरोप छ ।
पीडितलाई ब लात्का र गरि रहेको अवस्थामा पीडित चिच्याएपछि स्थानियले उद्धार गरेको स्थानियले बताए। स्थानियहरुको सहयोगमा पीडितले पुस २४ गते इलाका प्रहरी कार्यालय सवैलामा आरोपित विरुद्ध उजुरी दर्ता गराएको छ ।


