उदयपुर- नेपालमा बालविवाह बढि हुने जिल्लाको सूचिमा रहेको उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ७ का किशोरकिशोरीहरुले चिन्ता व्यक्त गर्दै समस्या समाधानमा आफ्नो प्रतिबद्धता सहित स्थानिय सरोकारवालाहरुको ध्यानाकर्षण गराउन शुक्रबार ज्ञापन पत्र बुझाएकाछन् ।
केहि बर्ष यता बर्षेनी दर्जन बढि बालविवाह हुँदै आईरहेको रौतामाई गाउँपालिका वडा नं.७ का प्रतिनिधिमुलक ढंगले ८५ जना किशोरकिशोरीहरुले रौतामाई गाउँपालिका वडा नं. ७ मा तथा पालिका जनप्रतिनिधिहरु, वडा बाल अभिकार समितिका पदाधिकारीहरु,शिक्षक,बुद्धिजीवि र राजनैतिक दलका प्रतिनिकिहरुको उपस्थितिमा आफनो हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको नमुना किशोरी समुहको सहभागि किशोरी स्वणर्िमा रानाले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै रौतामाई गाउँपालिका वडा नं. ७ का अध्यक्ष उत्तर बहादुर मगरले यस वडामा बाल बिवाह जटिल समस्याको रुपमा देखिएकोले यसको न्युनिकरण गर्न घर”घरमा जागरण अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानिय तहले यसको अगुवाई गर्नुपर्ने कुरामा जोड दिनुभयो । “बालविवाह न्युनिकरण गर्न कानुनी दण्ड र सजायको व्यवस्थापन संगसंगै कानुनी प्रावधानहरुमा सुधार गर्नुपर्ने अवस्था रहेकोछ ” जिसस प्रमुख परियारले बताउनुभयो । उहाँले ज्ञापन पत्र बुझ्दै बालविवाह न्युनिकरणका लागि वडामा अभियान संचालन गर्ने स्थानिय संघ संस्थाहरुसँग प्रभावकारी समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिबद्धता सहितको ज्ञापन पत्र बुझाउदै रौतामाई गाउँपालिका वडा नं. ७ की किशोरी स्वणर्िमा रानाले बाल बिवाह न्यूनिकरण तथा बाल अधिकार संरक्षणका लागि स्थानिय तह तथा बिभिन्न सघंसंस्थाबाट संचालित अभियानहरुमा पूणर् सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बाल विवाहलाई सामाजिक तथा कानुनी अपराधको रुपमा लिईएकोछ । नेपालको कानुनले २० बर्ष भन्दा कम उमेरमा भएका बिवाहलाई मान्यता नदिई स्वत बदर हुने कुरा उल्लेख गरेको छ भने बाल बिवाह गर्ने गराउनेलाई दण्ड सजायको ब्यवस्था समेत गरेको छ ।
बाल बिवाहले बालबालिकाको शारिरीक, बौद्धिक,सामाजिक तथा संबेगात्मक संगै आर्थिक बिकासमा समेत नकारात्मक असर पार्दछ भने बाल बिवाहका कारण बालबालिकाको बालापन नै खोसिने गर्दछ । बाल्य अवस्थामा भएका यि हानिकारक अभ्यासका कारण भोलि देशमा सक्षम नागरिक तयार गर्न अप्ठेरो समेत पार्दछ ।
नेपालले सन् २०३० सम्ममा नेपालबाट बाल बिवाह अन्त्य गर्ने लक्ष्य राखि बाल बिवाह अन्त्यका लागि राष्ट्रिय रणनिति समेत तयार गरि कार्यान्वयन गर्दै आईरहेको छ । यसै सन्दर्भमा बाल बिवाह बढि हुने जिल्लाको सुचिमा रहेको उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा पनि सरकारी तथा गैह्र सरकारी निकायहरुको पहलमा बिभिन्न अभियान संचालन गरि बाल बिवाह न्यूनिकरणमा लामो समय देखि कार्यहरु भै राखेको छ ।
बालबालिका सम्वन्धि ऐन २०७७ र किशोरकिशोरी सुरक्षा,विकास तथा व्यवस्थापन नीनि २०७८ समेत तर्जुमा गरिएको छ । उदयपुर जिल्लाका कुनैपनि स्थानिय तह तथा वडाहरु बाल बिवाह मूक्त भै नसकेको सन्र्दभमा बाल बिवाह बिरुद्धको अभियानलाई अझ मजबुत र प्रभावकारी बनाउन वडा तह देखि नै महत्वपुर्ण भूमिका रहेको कुरालाई आत्मसात गर्दै रौतामाई गाउँपालिकालाई नै बाल बिवाह मुक्त गर्नका लागी साझा अभियान संचालन गर्नुपर्ने आवश्यकता महशुस गरि रौतामाई गाउँपालिका वडा नं. ७ का किशोरकिशोरीहरुले विभिन्न सरोकारवाला निकायमा प्रतिवद्धता सहितको ज्ञापन पत्र हस्तान्तरण गरेका छन ।