महोत्तरी - औरही नगरपालिकामा विगत कै समय देखि विभिन्न मांग राखि आन्दोलन गरिरहेको संयुक्त मोर्चा पाच दलिय गठबन्धनले पुनः दुई दिन धर्ना दिने भएका छन । आईतवार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गर्दै उक्त गठबन्धनले विभिन्न पार्टीको महाधिवेशनले केहि दिनको लागि स्थगित भएको आन्दोलन पुनः व्युतेको बताए । औरही नगरपालिकासंग पटक पटक सुचना मांग गर्दा समेत मांगिएको सुचना नदिई झारो टारेको भन्दै उनीहरु आन्दोलित हुनु परेको बताए ।
लोसपाका युवा नेता ज्ञानेन्द्र झा ज्ञानुले पत्रकार सम्मेलनमा आन्दोलन वारे प्रष्ट पार्दै भने,“औरही नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउन मोर्चा सम्वद्ध राजनितिक दल प्रतिवद्ध रहेको र नगरपालिकामा भैरहेको चरम भ्रष्टाचार समाप्त पारेरै छाडने छौ ।” यता लोसपाकै अर्का नेता दरेश यादवले पालिकामा गुंडातन्त्र हावी भएको र जायज मांग सम्बोधन गर्न भन्दा समेत मेयरले शक्ति प्रदर्शन गरेर शान्तिपुर्ण आन्दोलन गर्नेहरु उपर लठैतहरु परिचालन गरि आन्दोलन दबाउन खोजेको बताए । उनले शक्तिको आडमा मेयर लठिएकोमा त्यो सधै नरहने भएकोले जनताले दिएको जिम्मेवारी ईमान्दारी पुर्वक निभाई राज्यको दुरुपयोग भएको एक एक पैसाको हिसाव दिनु पर्ने बताए ।
यता अन्य घटक दलका नेताहरुले समेत अहिले सोमवार र मंगलवार दुई दिन कार्यालय अगाडी शान्तिपुर्ण आन्दोलन गर्ने भएकोमा त्यतिले मेयरले मांगहरु पुरा नगरे आन्दोलन अझै चर्किने र त्यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी मेयरकै हुने बताए ।पत्रकार सम्मेलन पश्चात संयुक्त मोर्चा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई समेत भेटेर ज्ञापनपत्र दिएका छन ।आन्दोलनरत पक्षले मलखादको सहज उपलब्धता,प्राविधिक हुदा हुदै समेत करारमा प्राविधिक राखिएको कारण,प्रधानमन्त्री युवा स्वरोजगार कोषको रकमको हरहिसाव सार्वजनिकरण लगायतका विभिन्न १९ बुंदे मांग सहित आन्दोलनमा उत्रेका छन ।