महोत्तरी।महोत्तरीको बर्दिवासमा सोमबार देखि तेक्वान्दो र कराँते प्रतियोगिता शुरु हुँदैछ ।
बर्दिवास नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिता बारे जानकारी दिन लाई आईतबार आयोजित पत्रकार सम्मेलनमा ३ र ४ गते तेक्वान्दो,६ र ७ गते कराते को प्रतियोगिताको आयोजना हुने बताइएको छ।
खेलकुद विकास समितिका अध्यक्ष धनराज लामाले प्रतियोगिताको सबै तयारी पुरा भएको बताउँदै बर्दिवास कबर्ड हलमा सोमवार विहान ८ बजेबाट प्रतियोगिताको उद्घाटन हुने बताए ।तेक्वान्दोका ६ वटा समुह अन्र्तगत १ सय र करातेको ५ वटा समुहका ९० जना गरि बर्दिवास नगरभित्रका १ सय ९० जनाले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने समुहलाई २ हजार, द्धितियलाई १ हजार र तितृय हुनेलाई ५ सय नगद पुरस्कार राखिएको आयोजनकले जनाए ।
नगरको ७ लाख १२ हजार बजेटले खेलको आयोजना भएकोमा तेक्वान्दो र करातेका खेलाडिलाई आकर्षक देखाउने र सुरक्षित बनाउने हिसाबले सम्पुणर् खेल सामाग्रि र खेलाडिका सुरक्षा सामाग्रि समितिले खरिद गरेको अध्यक्ष लामाले बताए ।
उनले खेललाई बाहिरबाट दर्शकले हेर्दापनि आकर्षक देखिने गरि व्यवस्थापन गरिएकाले बताए । नगरको खेल बिकासका लागि काम गर्दै आएको समितिले विभिन्न खेल प्रतियोगिताहरु गराउदैँ आएको छ । समिति कै पहलमा २ महिना प्रशिक्षण लिएर बसेका फुटबलका खेलाडिहरुका लागि छिट्टै जिल्ला स्तरिय फुटबल प्रतियोगिता समेत गराउने तयारीमा समिति रहेको पनि लामाले जानकारी दिए ।