धनुषा- प्रदेश नंं २ को नाम ‘मधेस प्रदेश’ र स्थायी राजधानी ‘जनकपुरधाम’ दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको छ ।
प्रदेशसभामा दर्ता भएको प्रस्तावहरु मध्ये ६ नम्बरको प्रस्तावमा नाम ‘मधेश प्रदेश’ हुनुपर्नेमा १६ः१५ बजेबाट मतदान शुरु भएको भई ५ः१० बजे सम्पन्न भएको थियो । र तत्कालै बाट मतगणना शुरु भई १७ः४०बजे सम्पन्न भएको थियो।
कूल १ सय ४ जना प्रदेशसभा सदस्य मध्ये मतदानमा ९९ जना मतदानमा सहभागी हुनुभएकोमा ८० जनाले ‘मधेस प्रदेश’ को प्रस्तावको पक्षमा मतदान गर्नुभएकाले दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले घोषणा गर्नुभयो ।
यस अघि प्रदेशसभामा राजधानीको विषयमा आजै सम्पन्न भएको मतदानमा प्रदेशसभामा मतदानमा सहभागी रहनुभएको ९९ जना प्रदेशसभाका सदस्यहरु मध्ये ७८ जनाले जनकपुरधाम प्रदेश नंं २ को स्थायी राजधानीका लागि प्रस्तुत भएको प्रस्तावको पक्षमा मतदान गर्नुभएपछि स्थायी राजधानी जनकपुरधाम पनि अनुमोदन भएको छ ।
राजधानी जनकपुरधामको लागि मतदानमा ९९ जना मतदानमा सहभागी हुनुभएकोमा ७८ जनाले जनकपुरधाम प्रदेशको राजधानी हुने प्रस्तावको पक्षमा मतदान गर्नुभएकाले दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको प्रदेश नंं २ का सभामुख यादवले घोषणा गर्नुभयो ।
नाम र राजधानीको विषयमा प्रस्तुत भएको अन्य प्रस्तावहरू स्वतः अस्वीकृत भएको सभामुख यादवले बैठकमा घोषणा गर्नुभयो । तीन दल जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रको ‘मधेश प्रदेश’ नाम प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन थियो ।
प्रदेश सभा सदस्य परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव पेस गर्नुभएपछि मतदान भएर उक्त प्रस्ताव अनुमोदन भएको छ ।
प्रदेश नामाकरणको खुसीमा ‘मधेश प्रदेश’ मा भोली सार्वजनिक बिदा घोषणा गरिएको छ।
राजधानी र नामाकरणको टुंगो लागेको खुसीमा मधेश प्रदेशमा भोली सार्वजनिक बिदा घोषाणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जनाउनु भएको छ।
[embed]https://www.facebook.com/shailendra.sah.9/posts/4541868602578985[/embed]