महोत्तरी – नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेको घोषणा गरेका छन् ।
महोत्तरीको औरही नगरपालिका घर भएका यादवले फेसबुकमार्फत नेकपा एस परित्यागको घोषणा गरेका हुन् । पार्टी नयाँ बन्यो तर नयाँपन केही नदेखिएपछि छाडेको उनले बताए ।



यादवले भने, ‘पार्टी ज्वाइन गर्दा बखान गर्ने र छाड्दा गाली गर्ने प्रवृत्ति ठीक होइन् । पुरानै एजेण्डा र शैलीमा पार्टी चलेपछि त्यागेको मात्र भन्छु ।’ नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछि बनेको नेकपाकालमा उनी महोत्तरी सचिव थिए ।
यादव नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसमेत रहिसकेका छन् । उनले पुनस् एमालेमै फर्किन सकिने बताए ।
https://www.facebook.com/saroj.yadav.737/posts/4837442502971578?comment_id=4838171682898660¬if_id=1642507862878912¬if_t=feed_comment_reply&ref=notif




