महोत्तरी- महोत्तरी बर्दिबासका गणेश सुवेदी अघिल्लो चुनावको समयमा साउदी अरवको तातो घाममा मजदुरी गर्दै थिए । स्थानिय चुनावताका उम्मेदवार बनेकाहरुले घोषणापत्रमा लिपिबद्द गरेका प्रतिबद्धताहरु सुवेदीको अँखामा अहिलेपनी झलझल्ती याद आइरहन्छ ।
`घर-घरमा सिंहदरवार वनेपछी सुविधाहरु त पाइयो तर जनप्रतिनिधि जनमुखी बन्न नसक्दा दु:ख पाइयो ।´ उनी भन्छन ।
जिल्लामा १५ वटा पालिकामध्य कतिपय पालिकाका सरकारले सक्ती पर्दसन गर्दैमा आफ्नो कार्यकाल सकाए । कतिपय पालिकाका सरकारलाइ कोरोना माहामारी नै काम गर्न नसक्नुको मुख्य हतियार बन्यो ।
युवा पलायनलाइ रोक्न बिकाशका आधारहरु तयार गरी कृषीलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने टडकारो आवस्यक्ता देखिँदा-देखिदै सरकारभित्रका जनप्रतिनिधिहरुको झगडाले कतिपय पालिकाका उपलब्धीहरु नै कमजोर बने ।
संघीयता स्थपना भएपछीको पहिलो निर्वाचनमा फ्याकिएका घोषणापत्रहरुले अहिले स्थानिय सरकारलाइ जिस्क्याइरहेको देखिन्छ । युवा पलायनलाइ रोक्न स्वरोजगारका कार्यक्रमहरु छ्यापछ्याप्ती कार्यान्वयन गराउने प्रतिबद्धता पूरा हुन नसक्दा महोत्तरीमा अहिलेपनी सवैभन्दा बढी बैदेशिक रोजगारको खोजीमा भौतारिरहेका छन ।
महोत्तरी इन्सेकको एक तथ्यांक अनुसार यो पाँच बर्षको कार्यकालमा कार्यकालको पहिलो वर्ष बैदेशिक रोजगारमा कमी आएतापनी त्यसपछी भने ह्वात्तै वृद्धि भयो । बैदेशिक रोजगारको खोजीमा खाडी मुलुक जाने मात्र १०% ले वृद्धि भएको देखिएको छ ।
महोत्तरीका १५ वटै पालिकामा जनप्रतिनिधिहरुविचको आफ-आफ्नै अडानले बिकाशका कार्यहरु ओझेलमा परेको स्थानियहरु बताउछन । बजेट बाडफाडमा मुख्य भुमिका पालिका प्रमुखको हुने हुदा बिकाश समेत सन्तुलित ढङगवाट नभएको स्थानियहरुको गुनासो छ ।
गणेश सुवेदी जस्तै स्थानिय सरकारका योजना सुनिसकेपछी हौसिएर गौशालाका राम महतो बैदेशिक रोजगारलाइ बिट मारेर स्वदेश फर्किए । स्वदेश आएर कुखुरापालन व्यवसाय गरेका उन्लाइ नोक्सान यति सहनुपर्यो कि उन्ले प्रदेशमा कमाएको पैसा सवै सकियो । बजारको अभाव तथा स्थानिय सरकारले किसानहरुलाइ उत्प्रेरित हुने कार्यक्रम लागू गर्न नसकेको कारणले घाटा बेहोर्नुपरेको उन्को बुझाइ छ । कमसेकम बजार र प्राबधिक सहयोग गरेपनी सफल बन्न सकिन्थ्यो उन्ले भने ` सरकारप्रतिको भरोसा र बजार नहुदा उल्टै बिदेश आएर अहिले नोक्सानको पैसा तलववाट बेहोर्दै छु ।´
महोत्तरी कै स्थानिय सरकारको कुरा गर्ने हो भने अहिलेपनी सवैभन्दा बढी कृषीमा ठूलो बजेट छुट्याइएको छ । तर अनुदान तथा सहयोग सक्कली किसानसम्म नपुग्दा कृषी व्यवसाय नै धरासयी बनेको छ ।
सक्ती र पहुँचको भरमा जनप्रतिनिधिहरुका वरपरका मानिसले मात्र फाइदा लिदा जिल्लाका सक्कली किसानहरु कृषी पेशावाट नै पलायन बनिरहेको बताउछन स्थानिय किसान रामगोपाल यादव ।
जिल्लामा अहिलेपनी ८ सय भन्दा बढी कुखुरापालक किसान, त्यति नै संख्यामा बाख्रापालक किसान, ८ सय भन्दा बढी आधुनिक तरकारी खेतीपाती गर्ने किसान छन । तर उनिहरुको लगानी र मेहनत सवै बालुवामा पानी खनाए जस्तै भएको छ ।
`दु:ख गरेर तरकारी उत्पादन गर्यो सवै खेतमा नै कुहिन्छ´ इश्वर बस्नेत सुनाउछन । ` अघिल्लो बर्ष खेतमा बन्दा लगाए सवै काटेर भैसीलाइ खोले पकाउनुपर्यो अनि के गर्ने कृषी पेशामा लागेर । बस्नेतले भने ।
उत्पादित बस्तुहरुले बजार पाएमात्र पनि कृषी पेशा अगाल्नेमा वृद्धि हुन सक्थ्यो तर जिम्मेवार निकायको मौनताले युवा किसान पेशावाट पलायन बन्दै गएका छन ।
जिल्लामा कृषीसग समबन्धित कृषी ज्ञान केन्द्र छ त्यसैगरी स्थानिय स्तरमा कृषी साखाहरु पनि त्यतिकै छन तर आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्दा तराइका उर्वर भुमी बाझै छन ।
अन्य पालिकाको तुलनामा बर्दिबास नगरपालिकामा भने तत्काल खासै उपलब्धीमुलक काम नभएतापनी स्थानिय सरकारको अर्को कार्यकालका लागी समेत केही आधारहरु तयार भएका छन ।
नगरभित्रका किसानहरुले उत्पादन गरेका कृषी उपजहरुको भण्डारण देखी बजारको सुनिश्चितताको लागी बर्दिबास कै मसानघट्टको ८२ बिगाह क्षेत्रफल विशाल कार्यायोजना कार्यान्वयनको चरणमा छ ।
स्थानिय सरकारको अनुसार अवको २ बर्षभित्र युवा पलायन रोकिनेछ, कृषी उपजले बजार पाउनेछन, कृषी उपज त्यतिकै खेर जानेछैन, किसानका घर-घरमा उन्नत जातका पशु हुनेछन, किसानका सवै उत्पादनहरु स्थानिय सरकारको प्रणालीमा प्रबिष्ट हुनेछन ।