धनुषा- राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन बुधबार विभिन्न स्थानहरुबाट आएका जनप्रतिनिधिहरुको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरुद्वारा गरिएको तोडफोड एवम् हिंसाजन्य गतिविधि प्रति मधेश प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको छ ।
पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य माननीय अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मे.सु डा. सतिश साह लगायतका व्यक्तिहरुमाथि गरिएको संघातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई मधेश प्रदेशक सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गरि निर्देशित गरेका छन् ।
लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकारले आग्रह समेत विज्ञप्ति मार्फत गरेको छ ।


