
रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ'त्यु भएको छ ।
रौतहटको गरुडा नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृ'त्यु भएको हो ।
उनीहरु सवार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।