सुजाता राई
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य तथा कला उन्नयन उपसमितिको आयोजनामा विराटनगरमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो।
शनिबार सम्पन्न उक्त कार्यक्रममा स्रष्टा, साहित्यकार, संस्कृतिकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि- सिँचाइ तथा ऊर्जामन्त्री माननीय एकराज कार्कीको अतिथ्यतामा अध्यक्षता संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारीले गरेका थिए।

साहित्यिक योगदानका लागि प्रा. डा. गोपालप्रसाद भण्डारीलाई विशेष सम्मान गरिनुका साथै साहित्यमा विशिष्ट पहिचान बनाएका बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाईं, हरिहर भण्डारी, गायत्रीकुमार चापागाईं र उपसमिती संयोजक बाबुराम पोखरेल जस्ता स्रष्टाहरूको सशक्त उपस्थितिले कार्यक्रमलाई जीवन्त बनाएको देखियो ।



राजनीतिक विश्लेषण र अभिव्यक्तिले पनि कार्यक्रम समृद्ध भएको जसमा राजनीतिकर्मी महेश रेग्मीको सहभागिता उल्लेखनीय रह्यो।
कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी पोखरेलले आकर्षक ढंगले गरिन भने, उपस्थित संस्थाहरूलाई स्वागत मन्तव्य रोहिणी रसिकले गरे।
पाँच दर्जनभन्दा बढी साहित्य साधकहरूले नेपाली, हिन्दी, मैथिली लगायत विविध भाषामा कविता, कथा, गीत तथा अन्य रचनाहरू प्रस्तुत गरी भाषिक र सांस्कृतिक बहुलताको सुन्दर उदाहरण प्रस्तुत गरेका थिए।
साहित्य र संँस्कृतिप्रति समर्पित यो कार्यक्रमले जनायो




