जनकपुरधाम
नेपाल वैश्य युवा संघ मधेश प्रदेशका अध्यक्ष राजुकुमार साहलाई नेपाली उपभोक्ता संरक्षण महासंघले मधेश प्रदेशको संयोजक पदमा मनोनयन गरेका छन् ।
उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार साहलाई मधेश प्रदेशको संयोजकमा मनोनयन गरेका हुन् ।
जनकपुर जेसिस २०२१ को कानुनी सल्लाहकारसमेत रहेका साहलाई महासंघले संस्थाको विधान तथा कार्यसमितिको निर्णय र भावनाअनुसार एक महिनाभित्र मधेश प्रदेशको अधिवेशन केन्द्रिय प्रतिनिधिको रोहवरमा गराउने समेत जिम्मेवारी सुम्पेको छ ।
नेपाली उपभोक्ता संरक्षण महासंघले कालोबजारी, घुसखोरी, अखाद्य वस्तुको विक्रि वितरण, म्याद नाघेका सडेका सामानको नियन्त्रणको क्षेत्रमा कार्य गर्दै आएको छ ।