
औरही(महोत्तरी)- बडादसैँको पहिलो दिन घटस्थापनामा औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिर शक्तिपीठ दर्शानार्थीहरुको भीड लागेको छ। सोनामाई मन्दिरमा वर्षाौ देखि विजया दशमीको दिनसम्म लाग्ने भूत मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीहरुकाे घुइँचो लाग्ने गर्छ। विजय दशमी सुरु भएको पहिलो दिन घटस्थापनाकै दिन बिहानैदेखि मन्दिरमा भक्तजनको भिड लागेको छ ।
यस मन्दिरमा प्रत्येक वर्ष फुलपातीदेखि विजयादशमीसम्म मेलामा भूत-प्रेत, बोक्सा बोक्सी र मृत दुष्ट आत्माले सताइएका पीडित आउने र सोनामाईको कृपाले निको भएर जाने जनविश्वास रहेको मन्दिरका पुजारी केदार झाले बताए । सोनामाई मन्दिर शक्ति पीठमा धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने, २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए । सोनामाईमा भूत मेलामा आत्माले सताइएका आउँछन र निको भएर जाने जनविश्वास रहेको छ। यो परापूर्वकालदेखि नै चल्दै आएको मान्यता हो । मेलामा एकैदिन हजारौं बोकाको बलि चढाईने साथै केयाै संख्यामा रागांको बलि समेत चढाईछन् ।
सोनामाई मन्दिरमा ३ सय ६५ दिन नै बोकाको बलि चढाईन्छ । सामान्य दिनको तुलनामा सप्तमीदेखि विजया दशमीसम्म बढी बलि चढाउने गरिएको सहायक पुजारी अरुण झाले बताए । सोनामाईको असिम कृपाले निको भएर गएका भारत मधुवनी हिंसार बरहीकाकिरण देवी महतोले आफ्नो दुःख निवारण भएपछि भाकल गरेको बोका बलि चढाउन आएको बताईन् । यस मन्दिरमा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सप्तरी रौतहट, सुनसरी, मोरङ काठमाडौँ देखि सिमावर्ती भारतका सीतामढी, मधुवनी,पटना दिल्लीसम्मका मृत दुष्ट आत्मबाट सताईएका पीडित महिला तथा पुरुषहरु दुःख निवारणका लागि आउने गरेको औरही नगरपालिका ७ सोनामाई भोईल घर भएको अन्दाजी ४० वर्षीय राम प्रवेश यादवले बताए।
‘टाढादेखि धेरै मानिस आउँछन्, हामी पनि भारतबाट दर्शन गर्न आयौँ,’ भारत घर भई रोजगारीका लागि काठमाडौं बसेका रामेश्वर महासेठले भने दशैँ बिदा सकेर घर फर्किने क्रममा दर्शन गरेर घर जादै छु यहा दर्शन गरे पश्चात मनोकामना पुरा हुने गरेको छ भनेर शिरीष न्युज संग कुराकानी गर्दै बताए । माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ । पूजा र बलि व्यवस्थापन गर्दै सरसफाइ गरिएकाले पछिल्लो समय सोनामाई मन्दिर शक्तिपीठमा चिटिक्क देखिन्छ। यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ भने सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ। घटस्थापनादेखि सुरु हुने विशेष पूजा दशमीम्म चल्ने गरेको स्थानीय अर्का दर्शनार्थी वर्ष ३५ को रामनारायण साहले बताए।
मन्दिर महोत्तरी जिल्लाको सदरमुकाम जलेवर देखि उत्तर र बर्दिवास देखि दक्षिण तर्फमा रहेको छ। सोनामाई मन्दिर शक्तिपीठमा योजनासहित केहि गुरुयोजना बनाएर काम गरिरहेकाले केही वर्षदेखि मन्दिर आउने भक्तजनको संख्या बढेको छ। सोनामाई मन्दिर शक्ति पीठमा धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने, २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए । सोनामाईमा भूत मेलामा आत्माले सताइएका आउँछन र निको भएर जाने जनविश्वास रहेको छ।
यो परापूर्वकालदेखि नै चल्दै आएको मान्यता हो । मेलामा एकैदिन हजारौं बोकाको बलि चढाईने साथै केयाै संख्यामा रागांको बलि समेत चढाईछन् । सोनामाई मन्दिरमा ३ सय ६५ दिन नै बोकाको बलि चढाईन्छ । सामान्य दिनको तुलनामा सप्तमीदेखि विजया दशमीसम्म बढी बलि चढाउने गरिएको सहायक पुजारी अरुण झाले बताए । सोनामाईको असिम कृपाले निको भएर गएका भारत मधुवनी हिंसार बरहीकाकिरण देवी महतोले आफ्नो दुःख निवारण भएपछि भाकल गरेको बोका बलि चढाउन आएको बताईन् ।
माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ ।