काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसद्मा पेश नहुने भएको छ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसद्मा पेश नगर्ने सहमति भएको हो।
नेकपा माओवादीका नेता पेशल खतिवडाले एमसीसी आज संसद्मा पेश नगर्ने सहमति भएको जानकारी दिए।
गठबन्धनको बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको प्रचण्डको सचिवालयले बताएको छ।