महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननु कुमारी दास नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री जुलि कुमारी महतोको प्रमुख आतिथ्य तथा एमाले महोत्तरीको जिल्ला इन्चार्ज रामदयाल मण्डलको बिशिस्ट आतिथ्य र पिपरा गाउँपालिका अध्यक्ष बिक्रम चौधरीको अगुवाइमा उपाध्यक्ष दास सहित सयौं नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
सरस्वती चौधरीको अध्यक्षतामा अयोजित महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा पिपरा गाउँपालिका उपाध्यक्ष एवं लोसपाका प्रभावशाली नेतृ ननु कुमारी दास, कार्यापालिका सदस्य लोसपाका नेता रामबाबु नायक , समसुन नदाफ, काङ्ग्रेसका नेता सानू मंडल , शान्ति देवी , माओवादीका नेता रामबिलास दास र जसपाका नेता रोशन पान्डे लगायत दर्जन बढी विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।




