धनुषा- मधेस प्रदेश सरकारले ८० जना ज्येष्ठ नागरिकलाई सम्मानित गर्दै आर्थिक सहयोग प्रदान गरेको छ ।
आज शनिवार मधेस प्रदेश राजधानी जनकपुरधाममा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बिरेन्द्रप्रसाद सिंहले ज्येष्ठ नागरिकहरुलाई दोसला ओढाई सम्मान गर्दै नगद ६ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
यसरी सम्मानित हुनेहरुमा प्रदेशका प्रत्येक जिल्लाका ५ जना महिला ५ जना पुरुष गरी ८० जनालाई सम्मान तथा आर्थिक सहयोग प्रदान गरिएको हो। नगद ५ हजार सम्मान स्वरुप र १ हजार यातायात खर्च गरी जम्मा ६ हजार रुपियाँ प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।
कार्यक्रममा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री सिंहले ज्येष्ठ नागरिकका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने बताए ।
मन्त्री सिंहले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम नियमित गर्ने बताए।