- अमृत कुमार महतो
हरेक राजनीतिक परिवर्तनमा सङ्घर्ष गर्ने युवाहरूको लामो पङ्क्ति अहिले पशुपतिनगरका राजनीतिक दलका सङ्गठित, क्रियाशील राजनीतिमा स्थापित भएका छन् । राजनीतिक दललाई जनताका बीचमा स्थापित गर्ने काममा युवाहरूले समय र पसिना खर्चेका छन् र पशुपतिनगरका राजनीतिक दलहरूका हरेक अभियानहरू वा पार्टीलाई स्थापित गर्ने अभियानमा निरन्तर लागिरहेका छन् । युवाहरूमा पशुपतिनगरका विद्यमान राजनीतिक अवस्थाप्रतिको चिन्ता, चासो र गुनासाहरू पर्याप्त मात्रामा रहेका छन् । युवाहरुको हातमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्वर ९, पशुपतिनगरको भविष्य छ ।
त्यस कारण पनि युवालाई स्थानीय निर्वाचनमा जिताउँन आम युवाहरु लाग्नु पर्छ । यो पार्टी त्यो पार्टि भन्दा पनि युवाहरुलार्य अगाडी वढाउँन युवाहरु नै लाग्नु पर्ने दखिन्छ । अहिले राजनिति वुझेका परिपक्क युवाहरु राजनितिमा होमिएका छन । हुने निर्वाचनले पशुपतिनगरमा विकासका लागि आधारभूत जग निर्माण गर्ने र पशुपतिनगरमा चौपट अवस्थामा रहेको विकास निर्माणको अभियानलाई गति दिँदै पशुपतिनगरको अर्थतन्त्रलाई मजबुत बनाउनका लागि महत्वपूर्ण योगदान गर्नेछ । युवाले जोस जागरका साथ आफ्नो ठाउँ विकासमा उल्लेखनीय भुमिका खेल्ने पक्का छ ।



स्थानीय स्रोतसाधन, क्षमता र ज्ञान सीपलाई पर्याप्त मात्रामा उपयोग गर्दै जनताको माग र आवश्यकतामा आधारित विकास प्रकृया योजनाबद्ध हुने र त्यसले आउँदो केहि वर्ष भित्र पशुपतिनगरका शान्ति, सुशासन र राजनीतिक स्थिरता कायम गर्नका लागि फराकिलो आधारभूमि निर्माण गर्नेछ । राजनीतिक दलहरूका बीचमा विद्यमान रहेको अविश्वास, आशङ्का र अधिकांश द्वन्द्वहरूको रूपान्तरणको प्रकृया स्थानीय तहबाटै सुरुवात हुने र यी यावत प्रकृयाको थालनीले समग्रमा पशुपतिनगरका जनताबाट निर्वाचित युवा जनप्रतिनिधिले स्थानीय तहको विकास निर्माण अभियानको नेतृत्व लिनेछन् ।
अहिले पशुपतिनगरका राजनीतिक दलहरूलाई युवा नेतृत्व स्थापित गर्ने र आधुनिक शिक्षा, सूचना प्रविधि र बौद्धिक युवा जमातलाई राजनीतिमा स्थापित गर्ने सुनौलो अवसर प्राप्त भएको छ । स्थानीय ज्ञान, सीप र क्षमतासँगै आधुनिक विकास प्रणाली बारेको ज्ञानको समिश्रणले पशुपतिनगरको विकास आयामलाई अझ सुदृढ पार्ने जिम्मा युवाहरूलाई दिनु आवश्यक छ । यसले एकातिर युवाहरूले आफ्नो ज्ञान, सीप र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् । राजनीतिक दलहरूले उदारतापूर्वक युवाहरूलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने अभियानलाई तीव्र बनाउनु आवश्यक छ । स्थानीय तहको निर्वाचनमा पशुपतिनगरमा आउने युवा नेतृत्वले पशुपतिनगरलाई भावी राजनीतिलाई ठीक बाटोमा अघि बढाउनका लागि महत्वपूर्ण योगदान दिनेछन् ।




