नेपालको विकास कसरी होला ? नेपालको विकास पूर्वाधार कृषि, जलस्रोत र पर्यटन हो । तर यी तीन वटै क्षेत्र अस्तव्यस्त अवस्थामा रहेका छन् । त्यसैले देशको विकासको पूर्वाधारतर्पm सरकारको ध्यान पुगेको पाइदैन । सरकारले कृषिको विकास गर्ने तर्पm बिल्कुलै दृष्टि पु¥याएको पाइदैन । हुनत हाम्रो े देश कृषि प्रधान देश हो । तर हामीले एक वर्षमा ४५ अर्बको चामल बाहिरबाट आयात गरेर गुजारा चलाइ रहेका छौं । विभिन्न तथ्यांकबाट स्पष्ट भएको यो डरलाग्दो विषयले पनि सरकारलाई छोएको छैन । व्यापार घाटाले देश भिखमंगा जस्तो भइसकेको छ । तर पनि व्यापार घाटा कसरी कम गर्ने भन्ने सोच सरकारले बनाउन सकेको छैन ।
विकासको निम्ति जनशक्ति आवश्यक हुन्छ । सोच्न शक्ति भएको जनशक्ति पनि नेपालबाट बाहिरिन बाध्य भएका छन् । शिक्षा अनुसार रोजगारी नपाए पछि विदेशिनु नेपालीहरुको बाध्यता बनेको छ । शिक्षा आर्जन नपाएका तर बलिया पखुरा भएका युवाहरु पनि रोजगारीका निम्ति बाहिरिन बाध्य भएका छन् । यसरी नेपाली युवाहरु रोजगारीकै निम्ति विदेसिने क्रमले निरन्तरता पाएको छ । अहिले विदेसिएका नेपालीहरुको संख्या ८० लाख पुगेको अनुमान गरिएको छ । यो संख्या भनेको नेपालको कूल जनसंख्याको लगभग एक तिहाई नजिकको संख्या हो । जुन देशको युवा शक्ति विदेसिएको छ । त्यो देशमा विकासको आशा कसरी गर्ने ? त्यसैले सरकारले पनि परनिर्भरतालाई महत्व दिदै रोजगारी सृजना तर्पm चासो नदेखाएको हुन सक्छ । यो अवस्था नेपालको निम्ति दुखद हो ।
विकासका पूर्वाधारहरु सदुपयोगको निम्ति दक्ष र अदक्ष जनशक्ति आवश्यक हुन्छ । दक्ष जनशक्तिले योजना तर्जुमा गर्छ भने अदक्ष जनशक्तिले शारिरीक परिश्रमबाट परिणाम दिन सक्छ । तर नेपालले दक्ष र अदक्ष दुवै जनशक्ति गुमाएको अवस्था छ । कृषि कर्ममा पाखुरा चलाउने युवा शक्ति ८० लाखको संख्यामा रोजगारीका लागि विदेशीएका छन् । कोरोना संक्रमणका कारण ती युवाहरु विदेशबाट स्वदेश फर्किने सम्भावना बलियो बनेको अवस्थालाई समेत नेपाल सरकारले सदुपयोग गर्न सकेन ।
अहिले पनि कोरोना भाइरसको नयाँ भेरियन्ट विकसित हुने चर्चा व्यापक भइरहेको छ । तर नेपालबाट युवा शक्ति बाहिरिने क्रम रोकिएको छैन । यो अवस्थाले खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरुको आयात घट्ने सम्भावना विलकुलै देखिदैन । कोरोना संक्रमणबाट हुने महामारी संसारभरको संकट बनेको छ । र यो प्रमुख चिन्ताको विषय पनि बनेको छ । विकसित र शक्तिशाली भनिएका देशहरु पनि कोरोना संक्रमणबाट प्रभावित भएका छन् । कोरोनाका सामु शक्तिशाली मुलुकहरु पनि निरीह बन्न पुगेका छन् । कमजोर र कम विकसित देशको त झन कुरै गर्नु व्यर्थ हो । संसारभरी नै रोजगारीहरु प्रभावित भएका छन् । विदेशीएका नेपाली युवाहरु विदेशमै बेरोजगार बनेका पनि छन् । तर उनीहरुको लागि नेपाल आउने वातारण बनाउन नेपाल सरकारले ध्यान दिएको छैन । विदेसिएका युवाहरुको नेपाल फर्किने वातावरण बनाउन रोजगारी सृजना गर्नु आवश्यक हुन्छ । नेपालमा रोजगारी सृजन ागर्न सबै भन्दा उपयुक्त ठाउँ भनेको कृषि क्षेत्र नै हो । तर कृषि क्षेत्र अस्तव्यस्त छ । उत्पादन घटेको छ । खेतीको समय आएपछि रासायनिक मलको अभाव सृजना गरिएको छ । उन्नत बिउको अभाव भइरहने गरेको छ । यस्ले गर्दा उत्पादन बढ्ने आशा हराएको छ ।
कतिपय देशरुमा बेरोजगारीका कारण नेपाली युवाहरु सडकमा बास बस्न बाध्य भएका छन् र त्यतै मृत्युवरण गरेका पनि छन् । विदेश जानु नेपालीहरुको रहर होइन । रोजगारीको निम्ति विदेश जानु बाध्यता हो । यो बाध्यतालाई अन्त्य गर्न सरकारले ध्यान पु¥याएको छैन । बरु सरकारले विदेशी मुलुकहरुसँग श्रमिकहरु पठाउनका निम्ति सम्झौता गरिरहेको पाइन्छ । सम्झौता पनि युवाहरुलाई विदेश जान आह्वान गरिएको पाइन्छ । यो नै सरकारको नालायिकीपन हो । श्रम बेचेर संसारको कुन देश सम्पन्न भएको होला र ?
विश्व बैंकले गरेको एक अनुमानित प्रक्षेपणअनुसार अल्पविकसित र विकासोन्मुख देशहरुको यो वर्ष कूल ग्रार्हस्थ्य उत्पादन ऋणात्मक अवस्थादेखि २ प्रतिशत र विकसित देशहरुको कूल ग्रार्हस्थ्य उत्पादन २ देखि ७ प्रतिशतभित्र रहने अनुमान छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार कोरोना भाइरस महामारीको कारणबाट विश्वभर १३ करोड ५० लाख जनसंख्या भोकमरीको जोखिमतर्फ उन्मुख हुने आकलन छ । नेपाल कृषि प्रधान देश भएका कारणले यहाँ विश्वव्यापी रुपमै हुने भोकमरीको सम्भावनालाई मध्यनजर गरेर कृषि उत्पादन बढाउने तर्पm ध्यान पुग्नु पर्ने हो । तर सरकार लाचार छ । त्यसतर्पm सरकारको कुनै योजना छैन ।
कृषि उत्पादनतर्पm ध्यान नपु¥याउने हो भने कोरोना महामारीबाट खाद्य असुरक्षातर्फ उन्मुख हुने विश्वलाई खाद्यान्न निर्यात गर्ने हैसियतमा नेपाल पुग्न सक्ने थियो । नेपालमा जनसंख्या पनि बढिरहेको छ । यो बृद्धिदर संसारमै उच्च रहने खतरा सजिलै आकलन गर्न सकिन्छ । ४५ अर्ब चामल खरिद गरिरहेको हाम्रो देश नेपालले थप कति सम्म समस्या झेल्नु पर्ने हो ? अनुमान गर्न सकिन्छ ।
त्यसैगरी नेपालको विकासका पूर्वाधार जलस्रोत हो । जलस्रोतको सदुपयोग तर्पm नेपालले ध्यान पु¥याउने हो भने नेपाल समृद्धितर्पm पुग्न धेरै समय लाग्ने छैन । जलस्रोतको सदुपयोग विना कृषि क्षेत्रमा विकास पनि गर्न सकिदैन । र साथै जलस्रोतको सदुपयोग विना पर्यटन क्षेत्रमा पनि विकास गर्न सकिदैन । कृषि र पर्यटनको विकासका लागि जलस्रोतको उपयोग सबैभन्दा प्रभावकारी हुन्छ । जलस्रोतको उपयोगबाट उर्जा उत्पादन गर्न सकिन्छ । उर्जाबाट सबैक्षेत्रको विकास सम्भव हुन्छ । तर सरकारले यसतर्पm पनि चासो देखाएको छैन । बरु जलसम्पदा पनि विदेशी शक्तिलाई सुम्पिने क्रम जारी छ । नेपालका महत्वपूर्ण जलसम्पदाहरु छिमेकी देश भारतको कब्जामा परिसकेका छन् । नदी बेचेर धनी बन्ने सपना नेपालका राजनीतिक दलका नेताहरुले देखिरहेका छन् । पछिल्लो अवस्थामा अमेरिकासँग गरिएको एमसीसी सम्झौता मार्पmत नेपालमा विद्युत उत्पादन गरेर भारतको गोरखापुरमा भण्डारण गर्ने अदुरदर्शी र विकास विरोधी काम भइरहेको छ । संसदमा टेबल भइसकेको एमसीसी सम्झौता पारित भयो भने त्यसको परिणाम छिट्टै नै देखिने छ । नेपालको जलसम्पदामाथि धेरै पहिले देखि नजर लगाइरहेको छिमेकी देश भारतले नेपालको जलसम्पदा कब्जा ग¥यो भने नेपालको विकासको पूर्वाधार समाप्त हुने छ । त्यसपछि नेपालले विकासको गति लिन सक्ने छैन । किनकी पानी र जवानी बेच्ने देश कहिल्यै समृद्ध बन्न सक्दैन, समृद्ध भएको देखिएको पनि छैन ।-जनधारणा साप्ताहिकबाट